२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

यौन दुर्व्यवहारको आरोप लगाएपछि शर्मिला श्रेष्ठविरुद्ध कृष्ण कँडेलले दिए मुद्दा

काठमाडौं । चर्चित लोक दोहोरी कार्यक्रम ‘इन्द्रेणी’ का सञ्चालक कृष्ण कँडेलले लोक दोहोरी गायिका शर्मिला श्रेष्ठविरुद्ध अदालतमा मुद्दा दायर गरेका छन् । ‘इन्द्रेणी’ बाट निकालिएको, यौन दुव्र्यवहार गरिएको भनी आरोप लगाउने शर्मिलासहितलाई प्रतिवादी बनाएर कँडेलले शुक्रबार काठमाडौं जिल्ला अदालतमा गाली बेइज्जतीको मुद्दा दर्ता गराएका हुन् ।

‘इन्द्रेणी’ मा काम गर्ने शर्मिलासहित ६ जना कलाकारले फेसबुक लाइभ र पत्रकार सम्मेलन गरेर कँडेलले श्रम शोषण गरेको आरोप लगाएका थिए । यस क्रममा शर्मिलाले इन्द्रेणी सञ्चालक कँडेलले आफ्रमाथि ‘यौन दुर्व्यवहार’ समेत गरेको गम्भीर आरोप लगाएकी थिइन् । यस विषयमा कँडेलले शुक्रबार पत्रकार सम्मेलन गरी खण्डन समेत गरेका थिए । कसैलाई श्रम शोषण र नराम्रो व्यवहार नगरेको कँडेलको भनाइ छ ।

 

प्रकाशित मिति : २०८० फाल्गुन ९ गते बुधवार
प्रतिक्रिया दिनुहोस