२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

भाषा र संस्कृति समाजका ऐन : केपी ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भाषा र संस्कृति समाजका ऐना भएको बताएका छन् । नेपाल चाइना कल्चर समिट एण्ड अवार्ड सेरोमोनीलाई बुधबार सम्बोधन गर्दै ओलीले संस्कृति केवल गाउने र नाच्ने विषय मात्र नभएको बताए । त्यस्तै भाषा पनि अनुभव आदान प्रदान गर्ने विषय मात्र नभएको ओलीले प्रष्ट पारे ।

उनले भाषा, संस्कृति निर्माण हुन लामो समय लाग्ने बताए । ‘संस्कृति, भाषा बन्न समय लाग्छ, त्यो त सदियौँको विकास क्रमबाट हुन्छ’, ओलीले भने ।
नेपाल र चाइना धेरै पुराना मित्र भएका ओलीले बताए । नेपाल र चाइना बिचको सम्बन्ध कूटनीतिक सम्बन्ध मात्र नभएर नागरिकदेखि नागरिक बिचको सम्बन्ध रहेको उनको भनाइ छ ।

ओलीले चीनको भाषा र संस्कृति नेपाली बालबालिका समक्ष प्रस्तुत गर्ने कार्यक्रमले दुई देशका नागरिक नागरिकलाई जोड्न थप सहयोग गर्ने उनले विश्वास व्यक्त गरे । यस्तो कार्यक्रम आयोजना गरेकोमा उनले आयोजकलाई धन्यवाद दिए । सो क्रममा ओलीले कार्यक्रममा सहभागी विद्यार्थीसँग फोटो खिचेर रमाइलो गरेको थियो ।

प्रकाशित मिति : २०८० फाल्गुन ९ गते बुधवार
प्रतिक्रिया दिनुहोस