२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

पवन खतिवडा ‘म्याकुरी’ को घरकलह छताछुल्ल, यस्तो रहेछ विवादको चुरो ?

काठमाडौं । हास्य कलाकार पवन खतिवडा ‘म्याकुरी’ले अवैध सम्बन्ध राखेर एक युवतीलाई गर्भवती बनाएको दाबी गर्दै उनकी श्रीमती सुम्निमा खालिङ मिडियामा आएकी थिइन् । त्यसपछि आज पवनपनि मिडियामा आएका छन् । दुबैले एक अर्कामा अवैध सम्बन्धको आरोप लगाएका छन् । पबन आज एक च्यानलमा आउँदै उनले आफू सुम्निमाबाछ फसेको बताएका छन् । सुम्निमासँग लभ परेको, एलिस राईसँगको भिडियामा सुम्निमा खेलेपछि एक अर्का नजिक भएको पबनले खुलाएका छन् । तर त्यो बेला नै उसँग एक किसिमको बिराम थियो ।

एन्जाईटी नामको रोगले उ बारम्बार बेहोस हुने गरेको पबनले खुलाए । तर प्रेमसम्बन्धदेखि नै समस्या सुरु भएको उनले बताएका छन् । श्रीमती सुम्निमाले सिक्किममापनि बिहे गरेको खुलेको बताएका छन् । जसले मामा भनेर कन्यादान दियो, उही व्यक्ति मामा नभएको र मामासँग नै रिलेशन रहेको उनले दावी गरेका छन् । त्यति मात्र हैन सुम्निमाले हज्जारौं हजारको रक्सी खाने, लाखौं रुपैयाँ मागेर सुन किनेको र त्यो सुन समेत नक्कली भएको पबनको दावी छ ।

यता एक युवतीलाई पबनबाट गर्भवती भएको नाटक गराएर सर्मिला वाईबाको टीमले आक्रमण गरेको पबनको दावी छ । पवनसँगको सम्बन्धबाट आफू गर्भवती भएको स्वीकार गरेको भिडियो पनि सुम्निमाले विभिन्न मिडियाबाट सार्वजनिक गरेकी थिइन् । तर पबनसँगको आजको भिडियोमा सोही युवतीले आफूलाई भिडियोमा क्यारिकेचर गराईएको र पछि सर्मिलाले २५ लाख पबनबाट लिएर आध–आधा बाड्ने सहमतिमा गर्भवती भएको भन्नेको बताइन् ।

तर विवाहको केही समयपछि अन्य केटीसँग पवनको सम्बन्ध रहेको थाहा पाएपछि आफूहरुको सम्बन्ध बिग्रिएको सुम्निमाको दाबी छ । श्रीमानबाट बिना कारण डिभोर्सको दबाब आएकाले विभिन्न समस्या झेल्नुपरेको उनी बताउँछिन् । बिनाकारण आफूलाई श्रीमानले लामो समय सुधार केन्द्रमा राखेको सुम्निमाको आरोप छ । उनले एक अन्तर्वार्तामा भनेकी छन्, ‘म एन्जाइटीको बिरामी थिएँ, उसको तनावले रक्सी खाँदा गाह्रो भयो । अनि मलाई सुधार केन्द्र लगेर राखियो । पवनले डिभोर्स दिने भए मात्रै सुधार केन्द्रबाट निकाल्छु भनेको थियो । ऊ भेट्न पनि आएन ।’

सुधार केन्द्रबाट भागेर आफू निस्किएपछि पवनको सम्बन्धको बारेमा थाहा पाएको उनको दाबी छ । यता पवनले भने श्रीमतीले लगाएको आरोप सबै झुटो भएको खण्डन गरेका छन् । सामाजिक सन्जालमा आफूलाई श्रीमतीका तर्फबाट आक्रमण भएको समेत उनको दाबी छ । उनले भने, ‘यो सबै कुरा जटिल बनेको छ । म निर्दोष छु । भन्दै उनले धेरै गम्भीर विषय बाहिर ल्याएका छन् । पवन र सुम्निमा सन् २०२१ को अन्त्य तिर विवाह बन्धनमा बाँधिएका थिए । उनीहरुको अन्तरजातीय विवाह हो । सुम्निकाको माइती भारतको सिक्किम हो ।

 

प्रकाशित मिति : २०८० फाल्गुन ९ गते बुधवार
प्रतिक्रिया दिनुहोस