२०८१ साउन ११ गते शुक्रवार | 2024 July 26th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

‘गोर्खा वारियर’ हेर्न पुगे एमाले अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली मिलन चाम्स निर्देशित चलचित्र ‘गोर्खा वारियर’को प्रिमियर हेर्न पुगेका छन् । अध्यक्ष ओलीसँगै संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती पनि प्रिमियरमा पुगेका थिए ।

चलचित्रमा सन् १९४९ मा ‘मलाय इमर्जेन्सी जंगल वार’ मा गोर्खाली सैनिकको साहसिक युद्धकथालाई प्रस्तुत गरिएको छ। फागुन ११ गतेदेखि प्रदर्शन हुने यो चलचित्र नेपाली, हिन्दी र अंग्रेजी भाषामा निर्माण गरिएको छ ।

चलचित्रमा रितेश चाम्स, विजय लामा, रेविका गुरुङ, सारा राई, रियर राई, शिशिर वाङ्देल, कविता आले, सुरज तमु, सुमीन गुरुङ, भुवन सिंह राईलगायत कलाकारको अभिनय छ। लन्डन सिनेआई प्रोडक्सन र चाम्स इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण भएको फिल्मको निर्मातामा सुस्मिता वाइवा, सुमन राई छन्। यस्तै कार्यकारी निर्मातामा प्रशान्त थापा र राजेन्द्र घिमिरे छन्।

रविन्द्र न्यौपाने र बाबु श्रेष्ठले छायांकन गरेको फिल्मलाई मिलन श्रेष्ठले सम्पादन गरेका छन्।

 

 

प्रकाशित मिति : २०८० फाल्गुन ९ गते बुधवार
प्रतिक्रिया दिनुहोस