२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सिन्धुलीमा रित्तियो क्रान्तिकारी माओवादी र मसाल : सिंगो जिल्ला कमिटी एमालेमा समाहित

सिन्धुली । सिन्धुलीमा अब एउटै कम्युनिष्ट पार्टी बनाउनु पर्छ भन्दै दुई कम्युनिष्ट पार्टीको जिल्ला कमिटी नेकपा एमालेमा समाहित भएको छ । कम्युनिष्ट पार्टीहरु बिभिन्न नाममा बिभाजित भएर बर्गिय मुत्तिः आन्दोलन संभव नहुने निश्कर्ष निकालेका दुई पार्टी नेपाल कम्युनिष्ट पार्टी मसाल र क्रान्तिकारी माओवादीको जिल्ला कमिटी एमाले सिन्धुलीमा समाहित भएको छ ।

नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले एक कार्यक्रमका बीच दुई पार्टीका जिल्ला कमिटीका पदाधिकारी तथा सदस्यहरुलाई अविर तथा खादा लगाएर एमालेमा स्वागत गर्नुभएको हो । मोहन बिक्रम सिंह नेतृत्वको नेकपा मसाल र मोहन बैद्य नेतृत्वको क्रान्तिकारी माओवादीको सिन्धुली जिल्ला कमिटी मरिणमा आयोजित कार्यक्रममा समाहित भएपछि पुरै जिल्ला कमिटी रित्तो भएको छ । नेकपा मसालका जिल्ला सेक्रेटरी सन्तवहादुर बिकको नेतृत्वमा सिंगो जिल्ला कमिटी एवम चित्रवहादु केसी सम्बद्ध राष्ट्रिय जनमोर्चामा आवद्ध ४० भन्दा बढी नेताहरु माओवादीमा समाहित भएका थिए ।

कार्यक्रममा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसका कार्यकर्ताहरु पनि एमालेमा प्रवेश गरेका थिए । नवप्रवेशीलाई एमालेमा उचित जिम्मेवारी दीने उपमहासचिव रिमालले बताउनुभयो । त्यसैगरी मोहन बैद्य नेतृत्वको बागमती प्रदेश कमिटी सदस्य एवम जिल्ला इन्चार्ज बालकृष्ण थापा नेतृत्वमा रहेको कमिटी नेपालमा एउटै कम्युनिष्ट केन्द्र बनाउन जरुरी रहेको निश्कर्ष निकाल्दै एमालेमा समाहित भएको हो ।

पार्टीमा समाहित भएका नेता कार्यकर्ताहरुलाई सम्बोधनगर्दै उपमहासचिव रिमालले नेकपा एमाले कुनै ठाउँको र कुनै खास व्यक्तिले बनाएको आन्दोलन नभएको बताउँदै एमालेमा समाहित हुनेहरुलाई नेकपाको इतिहासलाई अझ बलियो बनाउने आफूहरुको चाहना भएको बताउनुभयो । उहाँले नेकपा स्थापनाको ७५ वर्ष मनाउँदै गर्दा तत्कालिन नेकपा निर्माणमा दक्षिणपन्थी अबसरवाद हाबी भएकाले टिक्न नसकेको बताउँदै त्यसको गंभीर समिक्षा गर्न आवश्यक भएको बताउनुभयो ।

नेकपा एमाले सिन्धुलीद्धारा शहिद ऋषि देवकोटाको ४३ औं स्मृति दिवशको अबसरमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै नेता रिमालले एमाले नेपाली कम्युनिष्ट आन्दोलनको मूल प्रवाहका रुपमा अगाडि बढिरहेको बताउनुभयो ।
कार्यक्रममा एमालेका केन्द्रीय सदस्यहरु विषमलाल अधिकारी दनुवार, मनोजजंग थापा, कमलजंग राई, सुभाष देवकोटालगायतले सम्बोधा गर्नुभएको थियो । एमाले जिल्ला अध्यक्ष रामकुमार कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला उपाध्यक्ष कणर घिसिङले स्वागत मन्तव्य राख्नु भएको थियो ।

 

 

प्रकाशित मिति : २०८० फाल्गुन १२ गते शनिवार
प्रतिक्रिया दिनुहोस