२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

नेदरल्याण्ड्सविरुद्ध कुशल भुर्तेलको अर्धशतक

१३ फागुन, काठमाडौं । नेपालका ओपनर कुशल भुर्तेलले नेदरल्याण्ड्सविरुद्ध अर्धशतक पुरा गरेका छन् । आईसीसी क्रिकेट विश्वकप लिग टूको पहिलो सिरिजको आफ्नो अन्तिम खेलमा नेपालले नेदरल्याण्ड्ससँग खेलिरहेको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निकै खराब ब्याटिङ गरेको छ ।

पहिलो विकेटका लागि कुशल भुर्तेल र आसिफ शेखले ४२ रनको साझेदारी गरेका थिए । थप ५४ रन जोड्दा ६ विकेट गुमायो । तर क्रिजमा टिकेर खेलेका भुर्तेलले ३१औं ओभरको अन्तिम बलमा एक रन लिंदै अर्धशतक पूरा गरे ।

 

प्रकाशित मिति : २०८० फाल्गुन १३ गते आइतवार
प्रतिक्रिया दिनुहोस