२०८२ बैशाख ५ गते शुक्रवार | 2025 April 18th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

झाँक्रीको आक्रोस : कानूनले दिएको सुबिधा पाए सम्म लिन्छु, तपाई जस्तालाई जलन भईरहोस !

काठमाडौँ। पूर्व शहरी विकास मन्त्रि एवम् एकिकृत समाजवादी पार्टीकी रामकुमारी झाँक्री चर्चामा आइरहने युवा नेत्री हुन्। उसो त मन्त्रि क्वाटर छाड्ने बेला बलिन्द्र आँसु झारेर होस् वा जिल्ला भ्रमण का क्रम मा लिएको पिर्के सलामिले हो उनलाई चर्चामै राखी रहयो। ६२/६३ को जना आन्दोलन ताका पुलिसको लाठि खाएर टाउको फुटेको तस्बिर पनि बेला बेला चर्चामा आइरहेने गर्छ।

नेत्री झाँक्रीले हिजो एक स्टाटस फेसबुकमा पोस्ट गर्दे मन्त्रि हुँदा लिएको नेपाली सेनाको सुरक्षा गार्ड संयुक्त रास्ट्रसंघ को शान्ति मिसन गएर आएको फोटा राख्दै अन्य सुरक्षा गार्ड अहिले पनि आफैं संग रहेको लेखिन। उक्त पोस्ट मा धेरैले यत्तिको आसा गरिएको युवा पुस्ताले मन्त्रि छाडेपछि पनि सुरक्षा गार्ड पनि फिर्ता गरेको भए राम्रो हुने भन्दै कमेन्ट गरेका छन्। धेरै कमेन्ट आएपछि उनले आफ्नो स्टाटस सच्याएकि छन् यद्यपि फोटो भने उही छ। लेखिएको कुरा सच्याएर राखेकी छन्।

यसै स्टाटस मा कमेन्ट गर्न पुग्छन जनबोलीका पत्रकार सुबास घिमिरे र ब्यांग गर्दै लेख्छन :
“यसको मतलब मन्त्रि छोडे पनि सुरक्षा छोडेकी छैनौ दिदि ? राज्य दोहन गर्न त किन पछि पर्नु हैन ? बोल्न पाइन्छ नि हैन दिदि ?”

उप्त कमेन्ट गरेको केहि मिनेटमै नेत्री झाँक्री ले पत्रकार लाई इनबक्स मा म्यासेज गर्छिन : “तपाईहरू लाई ईर्श्या लागेर भएन। यो मैले कानुनल् पाउने सुबिँधा हो। पाउन्जेल लिन्छु। तपाई जस्तालाई जलन भईरहोस।” नेत्री झाँक्री लाई जवाफ दिंदै पत्रकार लेख्छन : “दिदि मलाई जलन हैन र हुँदैन पनि। कम्तिमा PSO फिर्ता गर्दिनु भएको भए हुन्थ्यो। नयाँ पुस्ताका आसा गरिएका तपाईंहरुले पनि पुरानै ताल गरेको मा मलाई दुख लागेको मात्र हो।”

कुरा यत्तिमै सिमित हुँदैन, झाँक्रीले गरेको आक्रोस पूर्ण म्यासेज को स्क्रिनसर्ट राख्दै पत्रकार ले पुन पोस्ट गर्छन र लेख्छन :“दिदि Ramkumari Jhakri यो देसमा बोल्न पाइन्छ कि पाइँदैन ? तपाईंले मुखमा टेप टालेर सोधेको प्रश्नको जवाफ म तपाईलाई नै सोध्दैछु फेसबुक मा स्क्रिनसर्ट राखेर मलाई जवाफ दिनुहोस । बोल्न पाइन्छ कि पाइँदैन दिदि ?”

रामकुमारी झाँक्री उनै हुन् तत्कालिन रास्ट्रपति बिद्या देबी भण्डारी बिरुद्ध गाली गलोज गरेको भन्दै तत्कालिन केपी ओली सरकार ले उनलाई पक्राउ गरेपछि प्रहरी कार्यालयमा रास्ट्रपति पदको मर्यादा राख्दै अमर्यादित नबोल्ने कागज गरेर छुटेको हुन् र तेस्को केहि दिन पछि हालको गठबन्दन ले गरेको एक कार्यकम मा मुखमा टेप र मक्स लगाएर आएकी र आफ्नो बोल्ने क्रम मा मक्स र टेप खोलेर बोल्न पाइन्छ भन्दै फिल्मी शैली प्रदर्सन गरेकी थिइन्। शान्तिपूर्ण विरोध अभिव्यक्ति स्वतन्त्रता, विरोध प्रदर्शनको स्वतन्त्रता खोस्न सकिँदैन । खोस्नेलाई तानाशाह भनिन्छ । तानाशाही टिक्दैन भन्ने हामी सबैलाई थाहा छ ।

प्रकाशित मिति : २०८० फाल्गुन १३ गते आइतवार
प्रतिक्रिया दिनुहोस