२०८१ साउन ११ गते शुक्रवार | 2024 July 26th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

बदनियत र छानबिनमा रहेका मन्त्रीलाई बर्खास्त गरियोस् : एमाले

१३ फागुन, काठमाडौं । नेकपा (एमाले) ले बदनियत बोकेका र छानबिनमा रहेका मन्त्रीलाई बर्खास्त गर्न सरकारको ध्यानाकर्षण गरेको छ । आइतबार प्रतिनिधि सभाको बैठकमा सुरुमै आकस्मिक समय लिएर एमालेका प्रमुख सचेतक पदम गिरीले विवादित मन्त्रीहरुको सम्बन्धमा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने बताए ।

‘हामी कहिले पनि संसद अवरोध होस् भन्ने चाहँदैनौं । तर, प्रतिपक्षले उठाएका विषय नसुन्ने गर्न खोज्दा संसद अवरोध विगतमा भएका छन्,’ उनले भनेका छन्, ‘विवादित मन्त्रीहरुबारे छिटोभन्दा छिटो प्रधानमन्त्रीले जवाफ दिनुहोस् । बदनियत बोकेका र छानबिनमा रहेका मन्त्रीलाई बर्खास्त गरियोस् । एमालेले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला र स्वास्थ्य तथा जनसंख्यामन्त्री महेश बस्नेतको सम्बन्धमा प्रश्न उठाउँदै आएको छ ।’

दुई युवकको मृत्यु भएको ललितपुरको बालकुमारी घटनाका सम्बन्धमा सरकारले गठन गरेको आयोगले मन्त्री ज्वालाको उपस्थिति समेतलाई कारण मानेको बताइएको छ । स्वास्थ्यमन्त्री बस्नेतले टेरामक्स प्रविधि खरिद प्रकरणका सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानमा घेरामा छन् । बस्नेतले अख्तियार पुगेर बयान पनि दिइसकेका छन् । विवादित मन्त्रीहरुको सम्बन्धमा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने एमालेको माग छ ।

‘गत ६ गतेदेखि संसदमा बालकुमारी घटनाका दोषी भौतिक पूर्वाधारमन्त्री र आदेश दिने गृहमन्त्रीलाई तत्काल बर्खास्तीको माग गरेर आवाज उठाइरहेका छौं । अख्तियारको निगरानीमा रहेका स्वास्थ्यमन्त्री बहाल रहन मिल्दैन’ एमाले प्रमुख सचेतक गिरीले भने ।’

 

प्रकाशित मिति : २०८० फाल्गुन १३ गते आइतवार
प्रतिक्रिया दिनुहोस