२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

प्रसूति गृहबाट महिलाले यसरी चोरेकी थिइन् शिशु, झुक्किएरपनि नगर्नुहोस् यस्तो गल्ती

काठमाडौं । काठमाडौंको थापाथलीस्थित परोपकार स्त्री तथा प्रसूति रोग अस्पतालमा स्वास्थ्य परीक्षणका लागि आएकी महिलाको बच्चा चोरी भएको खुलेको छ । अस्पतालका निर्देशक डा. श्रीप्रसाद अधिकारीले ओपीडीमा स्वास्थ्य परीक्षणका लागि आएकी महिलाको हातबाट शिशु चोरी भएको जानकारी दिए । उनका अनुसार ती महिला २६ दिने शिशु लिएर आएकी थिइन् ।

“२६ दिने शिशु लिएर ओपीडीमा परीक्षणका आएकी आमाको हातबाट शिशु चोरी भएको हो । आमाले एकछिन समाइदिन भनेर रिपोर्ट लिन गएको देखिन्छ । त्यही बेला समातिदिने महिलाले बच्चा लिएर गएको सीसीटीभी फुटेजमा देखिएको छ,” अधिकारीले भने । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले आफूहरूले घटनाको अनुसन्धान थालेको बताएका छन् । बच्चा चोरीको उजुरी आएको छ । अनुसन्धान टोली परिचालन भएको छ, उनले भने ।

 

प्रकाशित मिति : २०८० फाल्गुन १३ गते आइतवार
प्रतिक्रिया दिनुहोस