२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

मलेसियाको पेनाङ राज्य कमिटी पुर्नगठन, अध्यक्षमा वली

कृष्ण गुप्ता, क्वालालम्पुर (मलेसिया) । .प्रवासी नेपाली मञ्च, राष्ट्रिय कमिटी मलेसियाका अध्यक्ष दयाराम कुमालको प्रमुख आतिथ्यमा आज आइतवारको दिन बुकित जम्बुल स्थित जूनतारा होटेलमा भएको भेलाले पेनाङ राज्य कमिटी पुनर्गठन सम्पन्न गरेको छ । राष्ट्रिय कमिटी सदस्य राजेन्द्र कुमार श्रेष्ठ र राष्ट्रिय कमिटी सदस्य तथा पेनाङ राज्य संयोजक राधिका क्षेत्रीको विशेष उपस्थितिमा रहेको भेलाले पूर्ण वलीको अध्यक्षतामा कमिटी पुर्नगठन गरेको हो ।

सेप्टेम्बर २०२३ मा गठित पेनाङ राज्य कमिटीका अध्यक्ष लगायतका अधिकांश पदाधिकारीहरु स्वदेश फर्किनु भएको र केही पदाधिकारीहरु निष्कृय रहनु भएको हुँदा भेलाले पदपूर्ति भन्दा पुनर्गठन गर्नु उपयुक्त हुने देखेर पूर्ण वलीको अध्यक्षतामा १३ सदस्यीय पेनाङ राज्य कमिटी सर्वसम्मत चयन गरेको हो ।

अन्य पदाधिकारीहरुमा उपाध्यक्ष शालिकराम भट्ट, सचिव निराजन देबकोटा, सहसचिव मनोज घिमिरे, सहसचिव मनिष महतो, सदस्य ज्ञानिमाया वाईबा, सदस्य मनिषा ब्लोन, सदस्य जमुना कुमाल, सदस्य बिनोद गहतराज, सदस्य ईश्वर पोख्रेल, सदस्य राम वहादुर जैसी, सदस्य लिला बहादुर कुमाल, सदस्य बद्री प्रसाद दाहाल रहनु भएको छ । पशुपती देवकोटाको अध्यक्षतामा गठन भएको प्रवासी नेपाली मञ्च, पेनाङ राज्य कमिटीलाई भेलाले पुनर्गठन गरेको हो ।

लामो समय पद रिक्त भएको प्रवासी नेपाली मञ्च मलेसिया राज्य कमिटिको पेनाङको अध्यक्ष पशुपति देबकोटाले राजीनामा दिएर मार्गप्रस्सत गरेपछी नँया कार्यसमिति चयन भएको छ । यो कार्य समिति नयाँ उर्जा, योजना सहित अगाडि बढने बिश्वास लिएइएको छ ।

 

प्रकाशित मिति : २०८० फाल्गुन १४ गते सोमवार
प्रतिक्रिया दिनुहोस