२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

केन्द्रीय बैंकको पत्राचारपछि सेन्चुरी बैंकका पूर्वप्रमुखद्वय न्यौपाने र गौतमसहित १० जना पक्राउ

काठमाडौं । तत्कालीन सेन्चुरी कमर्सियल बैंकका पूर्वप्रमुख कार्यकारी अधिकृत तथा हाल प्रभु बैंकका डेपुटी सीईओ मनोज न्यौपाने र सेन्चुरी बैंकका तत्कालीन सिइओ तुलसीराम गौतमसहित १० जनालाई प्रहरीले पक्राउ गरेको छ । ऋण प्रवाहमा भएको कमजोरीको अनुसन्धान गर्न नेपाल राष्ट्र बैंकको पत्राचारका आधारमा न्यौपाने र गौतमलाई पक्राउ गरेको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) का प्रवक्ता तथा प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए ।

राष्ट्र बैंकले उनीहरूलाई बैंकिङ कसुर अन्तरगत कारवाही गर्न प्रहरीलाई पत्राचार गरेको थियो । प्रहरीका अनुसार प्रभु बैंकमा गाभिएको साविकको सेन्चुरी बैंकको सीईओ हुँदा कर्जा प्रवाहमा घोटाला गरेको जाहेरीका आधारमा न्यौपाने र गौतमलाई पक्राउ गरिएको हो।

त्यस्तै पक्राउ पर्ने अन्यमा सविन घिमिरे, सुवास श्रेष्ठ, अनुपमा श्रेष्ठ, सुनिल बस्नेत, दिलिप बराल, सन्ध्या श्रेष्ठ, दिपेश प्रधान र रमण श्रेष्ठ छन्। सेन्चुरी बैंकका तत्कालीन सीईओ गौतमले राजीनामा दिएपछि न्यौपाने निमित्त सीईओको रुपमा कार्यरत थिए। कर्जा प्रवाह घोटाला प्रकरणमा बयान र छानविनका लागि उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति : २०८० फाल्गुन १५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस