२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

निशा र शरदले आफ्नो भागको सम्पत्ति छोराको नाममा राख्ने

काठमाडौं । अभिनेत्री निशा अधिकारी र उनका पूर्वक्रिकेटर श्रीमान शरद भेषवाकरले आफूहरुको सबै अंश छोराको स्वामित्वमा राख्ने भएका छन् । निशाले मंगलबार फेसबुकमार्फत एक वक्तव्य जारी गर्दै यस्तो जानकारी दिएकी हुन् । उनले यसका लागि प्रक्रिया अघि बढेको जानकारी दिएकी छन् । आफूहरुले एकअर्काबाट पैसा नलिने समेत उल्लेख गरेकी छन् । कानूनमा आमा र बुवा दुबैको सबै कुरा भाग लाग्ने व्यवस्था रहेको उल्लेख गर्दै निशाले कानूनी उपचार आफ्नो व्यक्तिगत रहेको बताएकी छन् ।

दुबैको धनसम्पत्तिमा दुईटैको नजर नरहेको उल्लेख गर्दै निशाले छोरा र छोरीलाई बराबर अंश दिने प्रावधानको स्मरण गराएकी छन् । ‘तसर्थ कोबाट धेरै पाउँछ भन्ने कुरा नितान्त व्यक्तिगत हो’ उनले लेखेकी छन् । उनले आफ्नो सन्तानको आर्थिक पाटो सुल्झाउन पाएकोमा आफूलाई गव लागेको उल्लेख गरेकी छन् । उनले कानूनी उपचार लिएर समस्या सुल्झाउन हुने पहललाई सामान्यीकरण गर्न समेत आग्रह गरेकी छन् । अझै पनि कानून संसोधन जरुरी रहेको उनको धारणा छ ।

केही वर्षदेखि आफूले कठिन परिस्थिती भोगिरहेको र यसबाट मुक्त भएको उनको भनाई छ । दुबै अभिभावकको हेरचाहमा छोरालाई हुर्काउने शान्त वातावरण बनेको पनि उनले बताएकी छन् । निशा र शरदको मुद्दामा गत मंसिर २८ गते फैसला सुनाउँदै काठमाडौं जिल्ला अदालतले निशाले सगोलको सम्पत्तिको तीन भागको एक भाग अंश पाउने फैसला सुुनाएको थियो । बच्चाको उमेर १८ वर्ष नहुँदासम्म आमाबाबु दुवैको संरक्षणमा हुनुपर्ने फैसला पनि अदालतले सुनाएको थियो । अंश नपाउँदासम्म मानाचामल बापत बादीहरु (निशा र बच्चा)ले शरदबाट मासिक ४१ हजार रुपैयाँ पाउने ठहरसमेत अदालतले गरेको थियो । अदालतको फैसलाबारे मिडियामा समाचार आएपछि निशाले फेसबुकबाट प्रष्टीकरण दिएकी हुन् ।

प्रकाशित मिति : २०८० फाल्गुन १५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस