२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

जनकपुरबाट अपहरणमा परेका एक वर्षीय बालकको उद्धार, महिला पक्राउ

१५ फागुन, जनकपुरधाम । धनुषाको जनकपुरधामबाट अपहरणमा परेका एक वर्षीय बालकको प्रहरीले उद्धार गरेको छ । जनपुरधाम उपमहानगरपालिका-२३ स्थित दिपक झाको घरमा डेरा गरी बस्ने २८ वर्षीय रुपेशकुमार झाको छोरा एक वर्षीय रुद्धाआंश झालाई प्रहरीले अपहरण मुक्त गरेको हो ।

गत फागुन १२ गते साँझ घरको प्यासेज खेलिरहेका बालक रुद्धाआंश बेपत्ता भएका थिए । बालकलाई महोत्तरीको लोहारपट्टी नगरपालिका-३ स्थित बिभा देवी मण्डलको साथबाट बालकको उद्धार गरेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले जानकारी दिए ।

स्थानीयले जकपुरधाम उपमहानगरपालिका-२४ बस्ने ४२ वर्षीया बिभा देवी मण्डलले बालक अपहरण गरेर लगेको प्रहरीलाई जानकारी दिएका थिए । खोजतलासको क्रममा उनीसँगै बालक फेला परेका हुन् । मण्डलविरुद्ध अपहरण तथा शरीर बन्धक शीर्षकमा मुद्दा दर्ता गरी कारबाही प्रक्रिया अघि बढाएको डिएसपी अवाले बताए ।

 

प्रकाशित मिति : २०८० फाल्गुन १५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस