२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सुरसम्राटको अन्तिम बिदाईमा नरुने कोही रहेनन्, राज्यबाट भने यो हदको अपमान [भिडिओसहित]

काठमाडौं । वरिष्ठ गायक तथा संगीतकार एवं सुरसम्राट भक्तराज आचार्यको अन्तिम बिदाई गरिएको छ । सोमबार निधन भएका आचार्यको शव अन्तिम श्रद्धाञ्जलीका लागि नक्सालस्थित नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा राखिएको थियो । त्यहाँबाट पशुपतिनाथस्थित आर्यघाट लगियो । त्यहाँ उपस्थितहरु कसैलेपनि आँशु रोक्न सकेनन् । नरुने कोही भएन ।

भक्तराजको आर्थिव शरिर अगाडि कलाकारहरुलाई राज्यले कति हदसम्मको अपमान गरिरहेको छ भन्ने देखिएको छ । कलाकारहरुको निधनपछि श्रद्धाञ्जलीका लागि राख्ने स्थान समेत राज्यले नदिएका कारण अब बनाईदिन अनुरोध गरिएको छ । नेपाल प्रज्ञाप्रतिष्ठानको भवन अगाडि राखिदै आइएकोमा राज्यकै अर्को निकाएले त्यहाँ राख्न नदिएपछि अस्थायी रुपमा अहिले संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको भवन अगाडि राखिदै आइएको छ ।

योपनि अस्थायी मात्र भनिएको छ । यसैले सबै धर्म, संस्कृती अनुसार मृत्यु भएपछि कलाकारलाई अन्तिम श्रद्धाञ्जलीका लागि राख्ने श्रद्धाञ्जली घरको व्यवस्था तथा अन्तिम श्रद्धाञ्जलीका लागि व्यवस्थापन गरिदिन सरकारलाई अनुरोध गरिएको छ । यो भिडिओमा सबै देख्नुहुनेछ ।

प्रकाशित मिति : २०८० फाल्गुन १५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस