२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

हलेसी महादेव मन्दिर व्यवस्थापन समितिले ७ वर्षपछि पायो पूर्णता

Halesi Mahadev Mandir Management Committee complet

खोटाङ । हलेसी महादेव मन्दिर व्यवस्थापन समितिले सात वर्षपछि पूर्णता पाएको छ । हलेसी महादेव मन्दिर व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष गजुरमान राई नेतृत्वको समितिको समय अवधि सकिएपछि हर्कराज राईको अध्यक्षतामा बनेको समिति एकलौटी भएको भन्दै विवाद भएपछि काम गर्न सकेको थिएन । विवादपछि समितिको कार्यालयमा ताला लागेको थियो । उक्त ताला साढे ५ वर्षपछि २०७९ साउन १ गते तत्कालीन उपप्रमुख वर्तमान मेयर बिमला राईको समन्वयमा खोलिएको थियो ।

त्यसपछि गुठी संस्थान, नगरपालिका र स्थानीय व्यक्तिहरुबीच छलफल गरेर प्रक्रिया पुर्‍याएर समितिलाई पूर्ण बनाइएको प्रमुख राईले बताइन् । पूर्णता पाएको समितिमा अध्यक्षमा गजुरमान राई, उपाध्यक्षमा दिलीपराजा गिरी, सचिवमा अग्निराज राई, कोषाध्यक्षमा पवनकुमार परियार सर्वसम्मत छानिएका छन् । त्यस्तै सदस्यहरुमा हर्कराज राई, प्रकाशचन्द्र गिरी, बिमल बस्नेत, रमिला बस्नेत, तीर्था राई, मोहनकुमार कार्कीसहित मालपोत कार्यालय, महादेवस्थानका वडाध्यक्ष वा वडा कार्यालयले तोकेको प्रतिनिधि, किरात राई यायोक्खा र हलेसी मारातिका गुम्बाका एक–एकजना प्रतिनिधि सदस्य रहने छन् । समितिको पदावधि दुई वर्षको रहने छ ।

समितिको प्रमुख सल्लाहकारहरुमा यज्ञराज राई, डिल्ली चाम्लिङ, चमारसिं राई, हरि गिरी र ज्ञानबहादुर भुजेल छन् । समितिले पूर्णता पाएपछि मन्दिर संरक्षण, प्रवर्द्धन गर्न र भेटीघाटीलाई पारदर्शी हुने नगरप्रमुख राईले विश्वास व्यक्त गरिन् । नवगठित समितिलाई बुधबार महादेवस्थान वडाको कार्यालयमा नगरप्रमुख राई र उपप्रमुख रमेशकुमार राउत लगायतले बधाइ तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।

 

प्रकाशित मिति : २०८० फाल्गुन १६ गते बुधवार
प्रतिक्रिया दिनुहोस