२०८१ साउन ११ गते शुक्रवार | 2024 July 26th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सिंहदरबार क्षेत्रको निषेधित क्षेत्र जसरीपनि तोड्न भन्दै दलबल लिएर अघि बढे महतो

काठमाडौं । ‘राष्ट्रिय मुक्ति क्रान्ति अभियान’ का अगुवा नेता राजेन्द्र महतो दलबलसहित सिंहदरबारका लागि तय गरिएको माइतीघरको निषेधित क्षेत्र तोड्न हिँडेका छन् । लोसपाबाट बाहिरिएको २ दिनपछि उनी माइतीघरको निषेधित क्षेत्र तोड्न हिँडेका हुन् । २०६४ फागुन १६ गते तत्कालीन सरकार र मधेसी मोर्चाबीचको ८ बुँदे सम्झौता कार्यान्वयन गराउन दबाबस्वरूप प्रदर्शन गरिएको बताइएको छ ।

अभियानको उपत्यका विशेष ब्युरोको आव्हानमा कालो ब्यानरसहित महतो र समर्थक माइतीघरतर्फ अघि बढेका छन् । उनीहरूलाई रोक्न व्यापकरूपमा प्रहरी परिचालन गरिएको छ । कुनै पनि हालतमा निषेधित क्षेत्र पस्न नदिने तयारीका साथ प्रहरी लागेकाले मुठभेडको जोखिम बढेको छ । र्‍यालीमा निस्कनुअघि महेश्वरी भवन कमलपोखरीमा महतोले कार्यकर्तालाई आफ्नो अभियानको रणनीति साथै भावी योजनाबारे प्रशिक्षण गरेका थिए । आज जसरीपनि निषेधित क्षेत्र तोडेर आफूहरु राज्यसत्ता हल्लाउनसक्ने सामथ्र्यमा रहेको सन्देश दिन महतोले कार्यकर्तालाई उक्साएका छन् ।

 

प्रकाशित मिति : २०८० फाल्गुन १६ गते बुधवार
प्रतिक्रिया दिनुहोस