२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

साम्बाले फाइनल खेल्ने अन्यौलमा ! [ भिडिओ सहित ]

Sabitra Bhandari Samba will play the final in confusion!

काठमाडौं । नेपाली महिला राष्ट्रिय टोलीले वाफ च्याम्पियनसिप २०२४ को फाइनलमा स्थान बनाउँदा स्टार फरवार्ड सावित्रा भण्डारी साम्बाले खेल्ने-नखेल्ने अन्यौल रहेको छ । नेपालले मंगलबार सम्पन्न सेमिफाइनलमा लेवनानलाई २-१ ले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । उक्त खेलमा नेपालका लागि बराबरी गोल समेत गरेकी साम्बा फाइनलमा भने अनुपस्थित रहने सम्भावना छ ।

फ्रान्सेली क्लब एन अभान्ट ग्वेंगाम्पमा अनुबन्धित साम्बाले फिफाको नियम अनुसार फिफा विन्डोमा रहेको राष्ट्रिय टोलीको खेलमा मात्र अनिवार्य उपस्थिति जनाउनु पर्ने नियम रहेको छ । वाफ च्याम्पियनसिपको समूह चरणको खेल फिफा विन्डोमा रहेको तर नकआउट चरणका खेल भने फिफा विन्डो बाहिर छन् । फिफाले फेब्रुअरी १९ देखि २८ तारिखलाई महिलातर्फ फिफा विन्डो तोकेको थियो । जसमा ३ खेलसम्म खेल्न पाउने प्रावधान छ । साम्बाले समूह चरणमा नै ३ खेल खेलिसकेपनि ग्वेंगाम्पले साम्बालाई सेमिफाइनल खेल्न दिएको थियो ।

तर फ्रान्सेली लिगमा ग्वेंगाम्पले मार्च २ मा निकै महत्त्वपूर्ण खेल खेल्ने र वाफको फाइनल खेलेर उक्त खेलका लागि उपलब्ध हुन नसक्ने भएपछि क्लबले सेमिफाइनल पछि नै उनको माग गरेको छ । रेलिगेसन क्षेत्रमा रहेको लिलसँगको खेल ग्वेंगाम्पको लागि निकै महत्त्वपूर्ण छ । दुई क्लबबीच ४ अंकको फरक छ र यो खेल जिते साम्बा सम्मिलित टोली रेलिगेसनबाट बच्ने लगभग पक्का हुनेछ ।

फिफाको राष्ट्रिय टोली र क्लब सहभागिताको नियम अनुसार क्लबको सम्झौता हुँदा फिफा मितिमा मात्र राष्ट्रिय टोलीमा अनिवार्य सहभागी हुनुपर्ने प्रावधान छ । तर क्लब र फुटबल संघबीच सहमति भएको अवस्थामा भने मिति बाहिर पनि खेल्न पाउनेछन् । सन् २०१७ को फिफा अन्डर १७ विश्वकपमा इंग्ल्याण्डले उपाधि जित्दा पनि यस्तै अवस्था आएको थियो । त्यसबेला बोरुसिया डर्टमुन्डले मिडफिल्डर जेडन सान्चो इंगलिस टोलीमा भएपनि समूह चरणको खेलपछि फिर्ता बोलाएको थियो ।

विगतमा नेपालले नै सहभागिता जनाएको दक्षिण एसियाली खेलकुदको दौरान पनि रोहित चन्द व्यावसायिक अनुबन्धनमा हुँदा फिफा विन्डो बाहिर भएको प्रतियोगिता खेल्न पाएका थिएनन् । वाफ च्याम्पियनसिपमा खेलेका सबै ४ खेलमा गोल गरेकी साम्बाको गोल संख्या ९ छ । उनी प्रतियोगिताको सर्वाधिक गोलकर्ता सूचीमा अग्रस्थानमा छिन् ।

 

प्रकाशित मिति : २०८० फाल्गुन १६ गते बुधवार
प्रतिक्रिया दिनुहोस