२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

स्टार मिडफिल्डर प्रितीको नेपाललाई विजयी गराउने गोल फिजियो नविनालाई समर्पण

काठमाडौं । स्टार मिडफिल्डर प्रिती राईले वाफ च्याम्पियनसिप २०२४ को सेमिफाइनलमा गरेको विजयी गोल फिजियोथेरापिस्ट नविना श्रेष्ठ वैद्यलाई समर्पित गरेकी छिन् । लेवनानविरुद्ध दोस्रो हाफको इन्ज्युरी समयमा प्रितीले पेनाल्टी क्षेत्र बाहिरबाट सानदार गोल गर्दै नेपालको २–१ को जित पक्का गरेकी थिइन् । उनकै गोलमा नेपालले फाइनलमा स्थान बनाएको थियो । खेलपछि बोल्दै प्रितीले उक्त गोल आफ्नो फिजियो वैद्यलाई समर्पण गरेकी हुन् ।

‘म आजको गोल नविना म्यामलाई समर्पण गर्न चाहन्छु । मेरो कठिन समयमा वहाँले निकै सहयोग गर्नुभयो । मेरो परिवार र वहाँ नै चोटको समयमा मसँग हुनुहुन्थ्यो । मलाई मानसिक रुपमा गाह्रो हुँदा पनि वहाँले निकै साथ दिनुभयो,’ प्रितीले भनिन् । फिजियो वैद्यले प्रितीको पुनरागमनमा गौरव महसुस भएको बताउँदै उनले राम्रो प्रदर्शन गर्नेमा विश्वस्त रहेको बताइन् ।

प्रिती चोटका कारण लामो समय मैदानबाहिर हुँदा नविनाले नै लगातार उनको रिह्याबमा सहयोग गरेकी थिइन् । चोटकै कारण प्रितीले गत वर्ष राष्ट्रिय टोलीको खेल पनि गुमाउनुपरेको थियो । उनी विश्वका स्टार मिडफिल्डरको सूचीमा छिन् ।

प्रकाशित मिति : २०८० फाल्गुन १६ गते बुधवार
प्रतिक्रिया दिनुहोस