२०८३ असोज ७ गते बुधवार | 2026 September 23rd Wednesday

मौन आवाज – जुनु घिमिरे

एउटा मौन आवाज

जो आँखाले बोलिरहेछन्
शब्द बिहीन भाषाहरू
कमल पत्रझैँ फक्रिएका ओठले
केही भनी रहेझैँ लाग्छ
मेरो शान्त मनलाई छुनेगरि ।
डुमेरा आँखाहरूले
उसका आँखामा
प्रेमको हिमचुली

हो हिजोआज, हामी आवाज विहीन भए
प्रेमको आभास खोजी रहेछौं ।

चुर्लुम डुब्न खोज्छन् प्रेमको सतहमा
यी आँखाहरूसँग जोडिएर
उनका मौन ओठहरू

मौनतामा व्यक्त भएका शब्द
तिनै आँखाले मात्रै पढ्ने रहेछन्
जुन आँखामा प्रेमको शब्दकोष छापिएको हुन्छ
उनका ओठ र मेरा आँखा
प्रेमको रसातलमा पुगेर
लुकामारी खेलिरहेछन्
जहाँ उनी शब्द लुकाएर चुपचाप पग्लिरहेछन्
मेरा आँखालाई मात लाग्नै गरी
हो हामी आवाज बिहीन भएर
आँखा र बन्द ओठले बातमारि रहेछौँ
बिल्कुल फरक
शब्द बिहीन आवाजमा।

उनको ती मौन ओठले
केहि भनि रहेछन्
मेरा यी शान्त आँखाले
केही खोजी रहेछन्
हो हिजोआज, हामी आवाज बिहीन भएर
प्रेमको आभास खोजी रहेछौँ ।

चुर्लुम डुब्न खोज्छन् प्रेमको सतहमा
यी आँखाहरूसँग जोडिएर
उनका मौन ओठहरू

मौनतामा व्यक्त भएका शब्द
तिनै आँखाले मात्रै पढ्ने रहेछन्
जुन आँखामा प्रेमको शब्दकोष छापिएको हुन्छ
उनका ओठ र मेरा आँखा
प्रेमको रसातलमा पुगेर
लुकामारी खेलिरहेछन्
जहाँ उनी शब्द लुकाएर चुपचाप पग्लिरहेछन्
मेरा आँखालाई मात लाग्नै गरी
हो हामी आवाज बिहीन भएर
आँखा र बन्द ओठले बातमारि रहेछौँ
बिल्कुल फरक
शब्द बिहीन आवाजमा।

कवि : जुनु घिमिरे

प्रकाशित मिति : २०८० फाल्गुन १७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस