२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

काठमाडौंमा फुटपाथ व्यापारी र महानगर प्रहरीबीच झडप, सातजना घाइते

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रहरी र फुटपाथ व्यापारीबीच झडप भएको छ । बुधाबार साँझ सुन्धारास्थित फुटपाथमा भएको झडपका क्रममा सातजना नगर प्रहरी घाइते भएको महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए ।

उनका अनुसार घाइतेहरूको वीर अस्पतालमा उपचार भइरहेको छ । उनले आफूहरूमाथि फुटपाथ व्यापारीले आक्रमण गरेपछि झडपको स्थिति सिर्जना भएको बताए । “फुटपाथ व्यापारीहरूले हाम्रो प्रहरीमाथि आक्रमण गरेको हो । सातजना जति घाइते भएका छन् । उनीहरूको वीर अस्पतालमा उपचार भइरहेको छ,” उनले भने । फुटपाथ व्यापारीतर्फ पनि केही घाइते भएका छन् ।

 

प्रकाशित मिति : २०८० फाल्गुन १७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस