२०८२ माघ ७ गते मङ्गलवार | 2026 January 20th Tuesday

भाई अरुण समातिएपछि विनोद चौधरीले भने, सरकारले प्रतिशोध साँध्यो

Binod Chaudhary

१९ माघ, काठमाडौं । नेपाली कांग्रेसका सांसद तथा चौधरी ग्रुपका अध्यक्ष अर्बपति विनोद चौधरीले सरकारले प्रतिशोध साँधेर उद्योगी व्यवसायीलाई तर्साइरहेको आरोप लगाएका छन् । नेपाली कांग्रेस संसदीय दलको बैठकपछि नयाँ बानेश्वरको संसद भवनअघि सञ्चारकर्मीसँग कुरा गर्दै बाँसबारी जुत्ता छाला कारखानाको जग्गा प्रक्रिया संगत रुपमै किनेको दाबी गरे ।

सीजी होल्डिङ्सका अध्यक्ष तथा आफ्ना भाइ अरुण चौधरीलाई जग्गा किन्दा अनियमितता गरेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेपछि उनले धेरै अघिको कुरा अहिले उठाएर उद्योगी व्यवसायीलाई त्रसित बनाउने काम भइरहेको बताए । ‘लगानी सम्मलेन गर्न लागिरहेको समयमा यस्ता कार्यले उद्योगी व्यवसायीको मनोबल खस्किन्छ,’ उनले भने ।

 

प्रकाशित मिति : २०८० माघ १९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस