२०८३ जेष्ठ ११ गते सोमवार | 2026 May 25th Monday

मलेसियामा समस्या छ ? -फर्किन टिकट, त्यही रहँदा साथ र सहयोगका लागि प्रवासी नेपाली मञ्च तयार

कृष्ण गुप्ता/दिवस रिजाल, क्वालालम्पुर । नेकपा (एमाले) को प्रवास संगठन प्रवासी नेपाली मञ्च, राष्ट्रिय कमिटी मलेसिया समस्यमा परेका नेपाली पीडित श्रमिकहरुको सहारा बन्दै आएको छ। विशेष गरि श्रम गर्न मलेसिया पुगेका नेपालीहरु कम्पनीका कारणबाट वा विभिन्न कारणले अवैधानिक बस्नु परिरहेको अवस्थामा मलेसियाको अध्यागमनबाट पक्राउ परि घर फिर्ती केन्द्रमा रहेको अवस्थामा राजदूतावासको समन्वयमा प्रवासी नेपाली मञ्चले एकतर्फी हवाई टिकट उपलब्ध गराउदै आएको छ। त्यति मात्रै नभई मलेसियामा रहेर आपतकालीन रुपमा विभिन्न समस्या झेल्दै पीडितहरुका लागि पनि आर्थिक सहयोग उपलब्ध गराई साहारा दिदै आएको छ।

त्यस्तै फेब्रुअरी १० र ११ मा प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय कमिटीको भौतिक बैठक नेकपा (एमाले) स्थायी कमिटी सदस्य तथा परराष्ट्र मामिला विभाग प्रमुख डा. राजन भट्टराईको प्रमुख आतिथ्यमा होटल ग्राण्ड कन्टिनेन्टलमा भव्यताका साथ सम्पन्न भएको छ ।

अन्तर्राष्ट्रिय कमिटीको भौतिक बैठक र राष्ट्रिय कमिटीको कार्यकर्ता प्रशिक्षण एवं साँस्कृतिक कार्यक्रमका लागि विश्वभरिका प्रवासी नेपाली मञ्चका प्रतिनिधिहरुको उपस्थिति रहने गरि भेला आयोजना गरिएको थियो । उक्त भेलामा प्रवासी नेपाली मञ्च, राष्ट्रिय कमिटीले मलेसियाका श्रमिक केन्द्रित न्युनतम आरएम ५१,००० बराबरको पीडित श्रमिक उद्दार कोष स्थापना गर्ने घोषणा गरेको छ ।

कमिटीको तर्फबाट अध्यक्ष दयाराम कुमालले उक्त उद्घोष गरेका थिए । त्यस्तै मलेसियामा समस्या झेल्दै आएका नेपाली राजदूतावास मलेसियाको समन्वयमा श्रमिक समस्य हल गराउन प्रवासी नेपाली मञ्च तयारी रहेको मञ्चका सचिव कृष्ण खड्काले जानकारी गराए।

त्यस्तै प्रवासी नेपाली मञ्च मलेसियाले घोषणा गरे देखि अहिले सम्म विभिन्न समस्या झेल्दै आएका ४० भन्दा बढीलाई हवाई टिकट र विभिन्न समस्या परेका १ दर्जन भन्दा बढीलाई आर्थिक सहयोग पनि गरिसकेको छ।

 

प्रकाशित मिति : २०८० फाल्गुन ७ गते सोमवार
प्रतिक्रिया दिनुहोस