२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

ओली र रविसँग प्रधानमन्त्रीको भेट, के–के भयो कुरा ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र विपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग भेट गरेका छन् । उनीहरूबीच आइतबार बिहान बालुवाटारमा छुट्टाछुट्टै भेटवार्ता भएको हो । भेटमा मुख्यरूपमा सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक (टीआरसी) का बारेमा छलफल भएको छ ।

यो विषयको ब्रिफिङ्ग ओलीले आफूनिकटका नेताहरूसँग गरेका छन् । ओलीलाई उद्धृत गर्दै उनीनिकटका एक नेताले भने, “प्रधानमन्त्रीजीसँग टीआरसी लगायतका विषयमा कुराकानी भयो । कुरा सकारात्मक भएको छ, हामी सहमति नजिक छौँ ।”

प्रधानमन्त्री प्रचण्डले टीआरसी तत्कालै टुङ्ग्याउन खोजेका छन् । तर, एमालेले केही बुँदाहरूमा असहमति जनाएपछि त्यो अगाडि बढ्न सकेको थिएन । तर, ओलीले ‘ग्रीन सिग्नल’ दिएसँगै अब टीआरसी चाँडै टुङ्गिने बताइएको छ । कांग्रेससँगको सहकार्य फलदायी नभएको निष्कर्ष निकालेर बसिरहेका प्रधानमन्त्री प्रचण्डले दोस्रो ठूलो दल एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट्नुलाई अर्थपूर्णरूपमा हेरिएको छ । पछिल्लोसमय ओली(प्रचण्ड नजिकिरहेको समाचारहरू आइरहँदा टीआरसीमा सहमति नजिक पुग्नुले अर्थ राख्नेछ ।

त्यसो त माओवादीले निर्णायक छलफल गर्ने भन्दै फागुन २८ गते स्थायी समितिको बैठक बोलाएको छ । बैठकमा वर्तमान राष्ट्रिय राजनीतिक कोर्षमाथि व्यापक छलफल गर्ने माओवादी नेताहरूले बताएका छन् ।

 

प्रकाशित मिति : २०८० फाल्गुन २० गते आइतवार
प्रतिक्रिया दिनुहोस