२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

प्रधानमन्त्रीले ओलीलाई मात्रै चिया खान बोलाएका होलान् त ?

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालुवाटारमा चिया पिउन बोलाएकाले जान लागेको प्रतिक्रिया दिएका छन् । आज बिहान एमाले सचिवालयको बैठक सकिएपछि प्रधानमन्त्री प्रचण्डलाई भेट्‌न बालुवाटार जान लागेका ओलीले सञ्‍चारकर्मीहरूलाई यस्तो प्रतिक्रिया दिएका हुन् ।

नयाँ सरकार बन्न लागेको हो भन्ने प्रश्नमा ओलीले भने त्यो त प्रधानमन्त्रीलाई सोध्नुपर्छ । सरकार फेरिन्छ फेरिँदैन् भन्ने प्रधानमन्त्रीलाई थाहा हुन्छ । दौडधुप त निकै छ नि भन्ने सञ्चारकर्मीको अर्को प्रश्नमा ओलीले ठट्यौली पारामा भने ‘प्रधानमन्त्रीज्यूले बोलाउनु भएको थियो । यसो चिया खान बोलाएको होला । त्यसैले जाँदैछु ।’

राजनीति बृत्तमा अहिले प्रधानमन्त्री र ओलीबीच चिया भेट मात्र भइरहेको आँकलन गरिएको छैन । सत्ता उलटफेर नै भइसकेको आशंका गरिएको छ । अहिले रहेका प्रतिपक्षलाई समेटेर प्रधानमन्त्रीले नयाँ गठबन्धन बनाउँदैछन् । यो एकिन हो पुरानो सत्ता गठबन्धन सकियो, अब नयाँ बन्छ बालुवाटार स्रोतले बतायो ।

 

प्रकाशित मिति : २०८० फाल्गुन २१ गते सोमवार
प्रतिक्रिया दिनुहोस