२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

ओली र प्रचण्डको प्रधानमन्त्रीमा फेरि आलोपालो

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच सरकारको बाँकी कार्यकाल आधा–आधा बाँड्ने सहमति भएको छ। कांग्रेससहितको गठबन्धन भत्काएर नयाँ गठबन्धन बनाउँदा प्रचण्ड र ओलीबीच यो सहमति भएको हो।

‘हाम्रा अध्यक्ष र प्रधानमन्त्रीबीच धेरै कुरा प्याकेजमै सहमति भएको छ,’ एमालेका एक पदाधिकारीले भने, ‘सरकारको बाँकी कार्यकाल २–२ वर्ष बाँड्ने उहाँहरूबीच भएको एउटा सहमति हो। पोहोर पुस १० गते माओवादी अध्यक्ष प्रचण्ड एमालेको समर्थनमा प्रधानमन्त्री बनेका थिए। त्यतिबेला ओली र प्रचण्डका बीचमा साढे २ वर्ष, साढे २ वर्ष प्रधानमन्त्री हुने सहमति भएको थियो। तर दुई महिनामै प्रचण्डले गठबन्धन फेरेर कांग्रेसको साथ लिएपछि एमालेले सरकार छोडेको थियो।

 

प्रकाशित मिति : २०८० फाल्गुन २१ गते सोमवार
प्रतिक्रिया दिनुहोस