२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

गठबन्धन बैठक सके लगत्तै राष्ट्रपतिलाई नयाँ मन्त्रीको सूची बुझाउन पुगे प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड गठबन्धन बैठक सकिएलगत्तै शीतल निवासतर्फ लागेका छन् । कांग्रेस नेतृत्वको सत्ता गठबन्धन भत्किएर नयाँ गठबन्धन बनेपछि राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न पुगेका हुन्।

प्रधानमन्त्री प्रचण्डले नयाँ गठबन्धन बनेसँगै आजै सानो आकारको मन्त्रिपरिषद् पुनर्गठनको तयारी गरेका छन् । त्यसका लागि नयाँ गठबन्धनका शीर्ष नेताहरूसँगको छलफलपछि प्रचण्ड शीतल निवास गएका हुन् । उनले नयाँ मन्त्रीहरुको सूची बुझाएर सपथ समारोहको प्रवन्ध मिलाउन राष्ट्रपति कार्यालयलाई जानकारी दिने बुझिएको छ ।

 

प्रकाशित मिति : २०८० फाल्गुन २१ गते सोमवार
प्रतिक्रिया दिनुहोस