२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

यी हुन् एमाले, रास्वपा र जसपाबाट बन्न लागेका मन्त्रीहरु

काठमाडौं । सत्ता गठबन्धन भत्किएको छ । अब एमालेसहितको पुरानो गठबन्धन ब्युँत्याएको छ । आजै नयाँ मन्त्रिमण्डल गठन हुने भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीले आजै नयाँ मन्त्रिमण्डल गठन हुने जानकारी दिएका हुन् ।

एमाले सचिवालय सदस्यका अनुसार प्रचण्डको नेतृत्वमा नयाँ मन्त्रिमण्डल गठन हुनेछ । जसमा एमालेका एक, रास्वपाका एक, जसपाका एक मन्त्री रहनेछन् । एमाले सचिवालय बैठकले पहिलो चरणमा एमाले संसदीय दलका प्रमुख सचेतक पदम गिरीलाई पठाउनेछ ।

त्यसैगरी रास्वपाबाट सभापति रवि लामिछाने मन्त्रीका रूपमा शपथ लिने बताइएको छ । आजै साँझसम्म नयाँ मन्त्रिमण्डल गठन गर्ने र शपथ समेत हुने एमाले नेताहरूको भनाई छ । यस्तै जसपाले मन्त्री बन्ने नाम दिन बैठक बोलाएको छ ।

 

 

प्रकाशित मिति : २०८० फाल्गुन २१ गते सोमवार
प्रतिक्रिया दिनुहोस