२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

गठबन्धन भत्काएर प्रचण्डलाई भित्तामा पुर्याउन चाहान्छन् देउवा, माधवबाट वार्ता सुरु गरे

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधव कुमार नेपाललाई भेट्न नेपाल निवास कोटेश्वर पुगेका छन् । उनी बर्तमान सत्ता गठबन्धन भत्काउन चाहान्छन् । साना दलहरुसँग मिलेर प्रचण्डलाई विश्वासको मत नै पुग्न नदिने बनाउँने र एमालेसहितसँग मिलेर सरकार बनाउँने खेलमा देउवा लागिसकेका छन् । भारतको आदेशमा देउवा साम–दाम सबैका लागि तयार भएको स्रोतको दाबी छ ।

पछिल्लो राजनीतिक अवस्थाको विषयमा छलफल गर्न भन्दै पत्नी आरजु र नेता रमेश लेखकसहित देउवा नेपाललाई भेट्न पुगेर त्यहाँ भएको सम्वादमा जसरीपनि सत्ता गिराउने देउवाको दाबी बाहिर आएको छ । प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस र एकीकृत समाजवादीसहितको गठबन्धन तोडेर नेकपा एमाले र रास्वपासहितको नयाँ गठबन्धन बनाएर मन्त्रिपरिषद पुनर्गठन गरेका छन् ।

नयाँ गठबन्धनमा माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीलाई पनि सामेल गराउन एमाले र माओवादीका शीर्ष नेताहरु सक्रिय भएको बेला देउवाले नेपाललाई भेटेका हुन् । कांग्रेसले माधव नेपाललाई नयाँ गठबन्धनमा जानबाट रोक्ने प्रयासमा रहेको बुझिएको छ । केन्द्रको नयाँ सत्ता समीकरण अनुसार प्रदेश सरकारमा पनि सरकार परिवर्तनको प्रयास भइरहे पनि कतिपय प्रदेशमा एकीकृत समाजवादी निर्णायक देखिएको छ । त्यसैले देउवा र नेपालबीचको भेटलाई अर्थपूर्ण मानिएको छ ।

मंगलबार प्रधानमन्त्री प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरुले नेपाललाई उनकै निवासमा पुगेर भेटेका थिए । सो भेटमा नेताहरुले नेपाललाई सत्ता गठबन्धन र सरकारमा सहभागी हुन भनेका थिए । नेपालले भने बुधबार सचिवालयको बैठक बसेर आवश्यक निर्णय लिने बताएका थिए । एकीकृत समाजवादीको सचिवालय बैठक आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्दै छ ।

 

 

प्रकाशित मिति : २०८० फाल्गुन २३ गते बुधवार
प्रतिक्रिया दिनुहोस