२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

यी हुन् एमालेबाट छानिएका मन्त्री

काठमाडौं । नेकपा (एमाले) ले मन्त्रीहरूको नाम लगभग टुङ्ग्याएको छ । एमालेले ७ मन्त्रालय पाउने भएको छ । नेताहरूका अनुसार सरकारमा पार्टीको नेतृत्व सचिव रघुवीर महासेठले गर्ने छन् । उनी उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधारमन्त्री हुने मोटामोटी सहमति भएको छ ।

त्यस्तै पदम गिरीले विनाविभागीय मन्त्रीको सपथ लिइसकेका छन् । उनले स्वास्थ्य मन्त्रालय पाउने सम्भावना छ । त्यसबाहेक दामोदर भण्डारी, भगवती चौधरी, राजेन्द्र राई, ज्वालाकुमारी साह र बलराम अधिकारी मन्त्री हुने लगभग पक्का छ । गत पटक प्रचण्डकै नेतृत्वको सरकारमा छोटो समय मन्त्री भएकालाई नै अहिले दोहोर्याउने कुरामा नेतृत्वहरु सहमत भएपछि अध्यक्षले त्यही नामावली पठाएको स्रोतले बतायो । यसअघि २०७९ पुस १० गते पुष्पकमल दाहाल ‘प्रचण्ड’ कै नेतृत्वमा बनेको सरकारमा सहभागी भएका उनीहरू ३२ दिनमा नै प्रचण्डले गठबन्धन फेर्दा पद गुमाउन बाध्य भएका थिए ।

प्रकाशित मिति : २०८० फाल्गुन २३ गते बुधवार
प्रतिक्रिया दिनुहोस