२०८१ साउन ११ गते शुक्रवार | 2024 July 26th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सरकारको गतिमा परिवर्तन ल्याउन नयाँ समीकरण बनाएका हौं : प्रधानमन्त्री

४ चैत, पोखरा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको गतिमा परिवर्तन ल्याउन र वामपन्थी शक्तिबीच सहकार्यका निम्ति नयाँ समीकरण बनाइएको बताएका छन् । आइतबार बिहान पोखरामा पार्टीका अगुवा नेता-कार्यकर्तालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भने, ‘कांग्रेसबाट सबैजसो निर्वाचनमा धोका भयो । भोलि पनि यस्तै हुने देखियो । एकातिर सरकारमा गति नआउने, अर्कोतर्फ गठबन्धनप्रति इमानदार नहुने परिस्थितिले नयाँ गठबन्धनमा गएका हौं।’

नयाँ गठबन्धन बन्नुमा संविधानको रक्षा र सुदृढीकरण र वामपन्थी आन्दोलनको रक्षा नै मुख्य विषय भएको उनले दाबी गरे । ‘कम्युनिस्ट आन्दोलन विभाजित हुँदा राष्ट्रिय राजनीतिमा प्रतिगामी धारा बलियो हुँदै जान्छ। त्यसले व्यवस्थामाथि नै सङ्कट ल्याउँथ्यो। त्यो चुनौती पार गरिएको छ देशका राजनीति सही बाटोमा आएको छ,’ उनले भने ।

अर्को प्रसंगमा उनले पार्टीलाई सुदृढ गर्न एक महिने अभियान चलाइने पनि बताए । राष्ट्रिय जागरण अभियान सञ्चालन गर्न लागेको बताउँदै उनले पूर्वदेखि पश्चिमसम्मसम्म उत्तर-दक्षिणका भूगोल जोडेर अभियान चलाउने बताए । गण्डकी प्रदेश सरकारको नेतृत्व माओवादीले लिने सम्भावना पनि रहेको उनको भनाइ छ।

 

प्रकाशित मिति : २०८० चैत्र ४ गते आइतवार
प्रतिक्रिया दिनुहोस