२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

संसारभर फेसबुक र इन्स्टाग्राममा फेरि समस्या आएपछि विश्वभर हलचल

काठमाडौं । संसारभर फेस्बुक फेरि समस्या आएको छ । आज बुधबार विश्वभरका प्रयोगकर्ताहरुले अनौठो समस्या भोगी रहेका छन् । केही समय यता फेसबुक, इन्स्टा लगायतका सामाजिक सञ्जालमा समस्या देखिने क्रम निरन्तर छ । एक महिना अघि मात्र करिब ४० मिनेट फेसबुक अकाउन्ट आफै बन्द भएको थियो ।

४० मिनेट सम्म फेसबुक आफै बन्द भएपछि नेपालमा मात्र नभई विश्वमा नै हलचल मच्चिएको थियो । त्यस्तै प्रयोगकर्ताहरू भने अकाउन्ट ह्याक भएको भन्ने त्रासमा रहेका थिए ।

बुधवार फेसबुककै मेसेन्जरमा समस्या देखिएको छ । प्रयोगकर्ताहरू अनलाइनमा रहेपछि आफै अफलाइन देखाइदिने समस्या देखिएको छ । यसबारे फेसबुकको मातृ कम्पनी मेटालेपनि केही भनेको छैन । मालिक मार्क मार्क जुकरबर्गलेपनि आधिकारिक धारणा दिएका छैनन् ।

प्रकाशित मिति : २०८० चैत्र ७ गते बुधवार
प्रतिक्रिया दिनुहोस