२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

तत्काल कांग्रेस र एमाले मिल्ने वा गैर वाम सरकारको सम्भावना छैन : प्रधानमन्त्री

११ चैत, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तत्काल कांग्रेस र एमाले मिल्ने वा गैर वामपन्थीहरुको सरकार बन्ने सम्भावना नरहेको बताएका छन् । माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले बागमती प्रदेश कमिटी बैठकमा सम्बोधन गर्दै गठबन्धन फेर्ने निर्णय हठात नभई रणनीतिक भएको बताएका छन् । ‘एक वर्षको अनुभवमा हाम्रा लागि यो भन्दा अर्को सुरक्षित बाटो छैन भन्ने लाग्यो’, वामपन्थीहरु कमजोर बन्दै पश्चिम बंगालकै हालतमा पुग्ने खतरा भएपछि जोखिम लिएको भन्दै उनले भने, ‘अहिले नै पार्टी एकता भनिएको छैन, तर वामपन्थी शक्तिहरुलाई एक ठाउँमा ल्याउने हाम्रो लक्ष्य छ ।’

नयाँ गठबन्धन बनेसँगै आफ्नो सरकार ढाल्ने शक्ति केन्द्रहरुले प्रयास गरेको उनले सुनाए । तर तत्काल दुई ठूला पार्टी कांग्रेस र एमाले मिल्ने सम्भावना नरहेको उनले बताए । ‘गैर वाम सरकार बन्न संख्यात्मक हिसाबले त असम्भव छैन’, प्रधानमन्त्री प्रचण्डले भनेका छन्, ‘तर त्यो हुने म देख्दिनँ । समीकरण बनाउन मात्र होइन, सरकारलाई काममार्फत सहयोग गर्नसमेत राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० सकारात्मक रहेको प्रचण्डले नेताहरुलाई जानकारी दिएका छन् ।’

प्रकाशित मिति : २०८० चैत्र १२ गते सोमवार
प्रतिक्रिया दिनुहोस