२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

आध्यात्मिक शिक्षा समाजको एक ऐना हो : मन्त्री भगवती चौधरी

इटहरी/सुनसरी। मानिस लाई उच्च नैतिक चरित्रवान बनाउन को निम्ति नैतिक तथा आध्यात्मिक शिक्षाको आवश्यकता रहेको महिला, बालबालिका तथा ज्येष्ठ नागरीक मन्त्री भगवती चौधरीले बताउनुभयो। सकारात्मक परिवर्तन बर्ष २०८० को उपलक्ष्यमा ब्रह्मा कुमारी राजयोग सेवा केन्द्र दुहवी द्वरा आयोजित सम्मान तथा अभिनन्दन कार्यक्रम मा बोल्दै मन्त्री भगवती चौधरीले भन्नु भयो आध्यात्मिक शिक्षा समाजको एक ऐना हो, आँफुले आँफैलाई ऐनामा हेर्नुहोस् र पहिले आँफुले आँफुलाई चिन्नुहोस् संसारले तपाइंलाई चिन्नेछ।

ब्रह्मा कुमारी राजयोग सेवा केन्द्र दुहवीको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा कोशी प्रदेशमा सञ्चालित ब्रह्मा कुमारी राजयोग सेवा केन्द्रमा समर्पित ८७ ब्रह्मा कुमारी र २१ जना ब्रह्मा कुमार गरी १०८ जनालाई सम्मान गरिएको छ ।

सम्मानित हुनेहरुमा कोशी प्रदेश स्थित विभिन्न स्थानमा सञ्चालित ब्रह्मा कुमारी राजयोग सेवा केन्द्र सञ्चालिका, केन्द्रमा समर्पित ब्रह्मा कुमार , ब्रह्मा कुमारी लगायत रहनु भएको छ । झाँकी प्रदर्शनी सहित सांस्कृतिक नृत्य समेतको आयोजना गरि सम्पन्न गरिएको सम्मान कार्यक्रममा प्रमुख अतिथि महिला, बालबालिका तथा ज्येष्ठ नागरीक मन्त्री भगवती चौधरीले दोसल्ला ओढाएर सम्मान पत्रका साथ ब्रह्मा कुमारी राजयोग केन्द्रमा समर्पित ब्रह्मा कुमार , ब्रह्मा कुमारीलाई सम्मान गर्नुभएको दुहवी केन्द्रकी सञ्चालिका बोध कुमारी दिदिले जानकारी दिनुभयो ।

ब्रह्मा कुमारी राजयोग सेवा केन्द्रलाई आफुले सक्ने सहयोग गर्ने महिला, बालबालिका तथा ज्येष्ठ नागरीक मन्त्री भगवती चौधरीले बताउनुभयो । धार्मिक कार्य ,समाजिक कार्य गर्दै आएकाले धर्म कर्मलाई जोगाउदा आफू खुसि भएको उहाँको भनाइ थियोे ।

ब्रह्माकुमारी राजयोग केन्द्र कोशी प्रदेश क्षेत्रकी क्षेत्रिय संचालिका ब्रह्माकुमारी गीता दिदिको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कोशी प्रदेश सभासद् सुनिता गच्छादार, राजयोग प्रशिक्षक ब्रह्मा कुमार तुलसी उप्रेती, दुहबी नगरपालिका उपप्रमुख मेनुका खतिवडा,राजयोग प्रशिक्षिक लगायत आयोजकका प्रतिनिहरूको उपस्थिति रहेको थियो ।

विद्यालय र क्याम्पसहरूमा नैतिक तथा आध्यात्मिक शिक्षा दिन आवश्यकता पर्छ। नयाँ पुस्ताका लागि पनि आध्यात्मिक शिक्षाको बाटो खुला गर्ने नीति राष्ट्रले लिनुपर्ने हुन्छ। जसवाट उनीहरूको चरित्र उच्च हुन जान्छ। पाश्चात्य शिक्षाले नेपाली सभ्यता र संस्कृतिलाई विस्थापित गर्ने काम नगरोस्। २०४६ सालभन्दा अगाडि नैतिक शिक्षाको प्रभावले समाजमा विसंगतिहरू क्mम देखा पर्थे। २०४६ सालपछि नैतिक शिक्षालाई ब्राम्हण परिवारसँग जोडेर हेर्न थालियो। जसको असर अहिले देखिएको हो।

नैतिक शिक्षाको सम्बन्धमा कसैलाई पनि चासो नहुनु देश र देशवासीका लागि दुर्भाग्य हो। शिक्षाशास्त्रीहरूले पनि नैतिक शिक्षाको खाका दिएका छैनन्। विद्यार्थीहरूमा अहिले असन्तोष बढेको हुनाले नैतिक शिक्षाको आवश्यकताको महसुस हुन थालेको छ। प्राथमिक तहदेखि उच्च तहका विद्यार्थीहरूलाई नैतिक शिक्षा दिन सक्दा समाजमा देखिने विकृतिहरू न्यूनिकरण गर्न सजिलो हुने देखिन्छ। युरोप, अमेरिकालगायत विश्वका अधिकांस देशमा युवाले तोडफोड, हिंसा र हत्यामा भाग लिएको र राष्ट्रको सम्पत्ति खरानी बनाएका उदाहरण प्रशस्त पाइन्छन्। यस्ता उच्छृंखल बानीव्यहोराले राष्ट्रको छवि राम्रो पनि हुन सक्दैन।

प्रकाशित मिति : २०८० चैत्र १७ गते शनिवार
प्रतिक्रिया दिनुहोस