२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

इजरायली हवाई आक्रमणमा परी सिरियामा ३६ सैनिक मारिए

Israeli airstrikes

१७ चैत, काठमाडौं । सिरियाको उत्तरी सहर एलेप्पोमा रहेको सैनिक शिविरलाई लक्षित गरी शुक्रवार बिहानैदेखि इजरायलले हवाई आक्रमण गरेको छ । आक्रमणमा परी ३६ सिरियाली सैनिकको मृत्यु भएको एक युद्ध अनुगमनले जनाएको छ ।

सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सका अनुसार एलेप्पो अन्तर्राष्ट्रिय विमानस्थल नजिकैको जिब्रिन क्षेत्रमा रहेको हिज्बुल्लाह गोदाममा आक्रमण भएको थियो । बेलायतमा रहेको वाचडग समूहले उत्तरी अलेप्पोको ग्रामीण इलाकामा करिब तीन घण्टासम्म चलेको आक्रमणमा सबैभन्दा बढी सिरियाली सैनिकको मृत्यु भएको बताएको छ ।

सफिरा क्षेत्रमा रहेको डिफेन्स फ्याक्ट्रीहरूलाई पनि निशाना बनाइएको थियो । सिरियाली रक्षा मन्त्रालयको विज्ञप्तिमा स्थानीय समय अनुसार शुक्रबार सवा दुई बजे इजरायली सेनाले अलेप्पोको दक्षिणपूर्वमा रहेको एथ्रियाको दिशाबाट हवाई आक्रमण सुरु गरेको थियो ।

प्रकाशित मिति : २०८० चैत्र १७ गते शनिवार
प्रतिक्रिया दिनुहोस