२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

आयरल्याण्डमा ३७ वर्षिय साइमन ह्यारिस प्रधानमन्त्री बन्ने निश्चित

Ireland's 37-year-old Simon Harris is certain to become Prime Minister

लण्डन । आयरल्याण्डमा ३७ वर्षीय युवा नेता सिमोन ह्यारिस प्रधानमनत्री बन्ने भएका छन् । सत्तारुढ दल ‘फाइन गेल’को नयाँ नेता चयन हुने पक्का भएसँगै आयरल्याण्डले युवा प्रधानमन्त्री पाउने भएको हो । वर्तमान सरकारका उच्च शिक्षा मन्त्री ह्यारिस संभवत अर्को महिना देशको प्रधानमन्त्री बन्नेछन् । उनले वर्तमान प्रधानमन्त्री लियो वराडकरलाई प्रतिस्थापन गर्दैछन् ।

गत बुधवार वराडकरले पार्टी नेता र प्रधानमन्त्री पद छाड्ने घोषणा गरेपछि आयरल्याण्डको सत्तारुढ दलले नयाँ नेताको चयन प्रक्रिया थालेको थियो । आइतबार मनोनयनन दर्ता गर्ने अन्तिम समयसम्म ह्यारिसको मात्रै उम्मेदवारी परेपछि उनी सर्वसम्मतरुपले दलको नेता र प्रधानमन्त्री बन्ने भएका हुन् ।

 

प्रकाशित मिति : २०८० चैत्र १८ गते आइतवार
प्रतिक्रिया दिनुहोस