२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

एमाले अध्यक्ष ओलीको गृहजिल्ला झापाको अध्यक्षमा गिरी सर्वसम्मत चयन

काठमाडौं । नेकपा एमाले झापाको अध्यक्ष पदमा प्रेमबहादुर गिरी सर्वसम्मत चयत भएका छन् । एमाले झापाको ११ औं जिल्ला अधिवेशनबाट अध्यक्ष पदमा गिरी सर्वसम्मत चयत भएका हुन् ।

त्यस्तै, उपाध्यक्ष पदमा शिव ढुंंगेल सर्वसम्मत चयन भएका छन् । शनिबार भएको उम्मेदवारी दर्तामा अध्यक्ष र उपाध्यक्ष पदमा दुई जनाको मात्रै उम्मेदवारी परेको थियो । अध्यक्षमा गिरी र उपाध्यक्षमा ढुंगेलको मात्र उम्मेदवारी परेपछि दुई पदमा सर्वसम्मत भएको हो । चैत १५ गतेदेखि सुरु भएको जिल्ला अधिवेशनमा शुक्रबारबाट बन्दसत्र सुरु भएको थियो । झापा अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्ला हो ।

 

प्रकाशित मिति : २०८० चैत्र १८ गते आइतवार
प्रतिक्रिया दिनुहोस