२०८२ साउन ३ गते शुक्रवार | 2025 July 18th Friday

चैतका लागि बैंकहरूले घटाए ब्याजदर, सबैभन्दा कमजोर बैकले नै सबैभन्दा धेरै ब्याज दिने

 

३० फागुन, काठमाडौं । चैत महिनाका लागि पनि अधिकांश वाणिज्य बैंकहरूले निक्षेपको ब्याजदर घटाएका छन् । बैंकहरूले सार्वजनिक गरेको नयाँ ब्याजदर तालिकाअनुसार फागुनको तुलनामा चैत महिनामा व्यक्तिगत मुद्दतिको औसत ब्याजदर ०.५ प्रतिशत विन्दुले घटेको छ ।

फागुन महिनामा २० वटै वाणिज्य बैंकहरुको व्यक्तिगत मुद्दतीमा औसत ब्याजदर ७.७५ प्रतिशत रहेकोमा चैत महिनाका लागि भने ७.२५ मा झरेको छ । एनआईसी एसिया बैंकले भने फागुनको तुलनामा चैतमा व्यक्तिगत मुद्दती निक्षेपमा ब्याजदर बढाएको छ । बैंकबाट अत्याधिक निक्षेप झिकिएपछि बैंकले तरलताको सहज व्यवस्थापन गर्न ब्याजदर बढाएको देखिन्छ । सो बैंकले चैतदेखि लागू गर्नेगरी व्यक्तिगत मुद्दतीमा दिने ब्याजदर सबैभन्दा धेरै ८.५४८ प्रतिशत छ ।

बैंकहरूले व्यक्तिगत मुद्दतीमा तोकेको अधिकतम ब्याजदर 

बैंक फागुनको ब्याजदर चैतको ब्याजदर
कृषि विकास ६.४४३ ५.६६
एभरेष्ट ६.५
नेपाल ७.२५
लक्ष्मी सनराइज ७.५
माछापुच्छ्रे ७.७५
एनआईसी एसिया ८.५४८
प्रभु ७.५ ७.५
स्टान्डर्ड चार्टर्ड ७.३५
राष्ट्रिय वाणिज्य ७.३५
नबिल ७.७५ ७.२५
ग्लोबल आईएमई ७.६ ७.६
सिद्धार्थ ७.५
प्राइम कमर्सियल ७.४ ७.२५
कुमारी ८.०१ ७.५१
सानिमा ७.५१ ७.२५
हिमालयन ८.१५ ७.५
नेपाल एसबीआई ८.१ ७.०१
नेपाल इन्भेष्टमेन्ट
एनएमबी ८.५
सिटिजन्स ८.२५ ७.७५

प्रकाशित मिति : २०८० फाल्गुन ३० गते बुधवार
प्रतिक्रिया दिनुहोस