२०८३ असार १४ गते आइतवार | 2026 June 28th Sunday

बाँसबारी छाला जुत्ता कम्पनीको १० रोपनी जग्गा सरकारको नाममा फिर्ता

Bansbari leather shoe company's 10 plant land returned to the name of the government

काठमाडौं । बाँसबारी छालाजुत्ता कम्पनीको अतिक्रमित १० रोपनी जग्गा सरकारको नाममा आएको छ । भूमि सुधार तथा मालपोत कार्यालय डिल्लीबजारका प्रमुख मालपोत अधिकृत छविराम नेपालीले अतिक्रमण भएको १० रोपनी जग्गा सरकारको नाममा ल्याइएको बताए ।

शुक्रबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा उनले चाँदबाग रेसिडेन्सको नाममा रहेको जग्गा अनुसन्धानपछि सरकारकै रहेको ठहर गर्दै निर्णय प्रक्रियाबाट मालपोत ऐनको व्यवस्था अनुसार सरकारको नाममा ल्याइएको बताए ।

बाँसबारी छालाजुत्ता कारखानको उक्त जग्गा प्रकरणमा नेपाली कांग्रेसका नेता एवं चर्चित उद्यमी विनोद चौधरी र उनका भाइ अरुण चौधरी मुछिएका छन् । अरुण चौधरीलाई प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले पक्राउ गरेर नै अनुसन्धान गरेको थियो । विनाद चौधरी भने बिहीबार आफैं सीआईबीको कार्यालय पुगेर बयान दिएका थिए ।

 

प्रकाशित मिति : २०८० चैत्र १० गते शनिवार
प्रतिक्रिया दिनुहोस