२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

एमालेको सिन्धुपाल्चोक जिल्ला अध्यक्षमा होमनारायण श्रेष्ठ निर्वाचित

२० चैत, सिन्धुपाल्चोक । नेकपा एमाले सिन्धुपाल्चोक जिल्ला अध्यक्षमा होमनारायण श्रेष्ठ निर्वाचित भएका छन् । निवर्तमान जिल्ला अध्यक्ष कमल नेपाललाई १४ मतान्तरले हराउँदै श्रेष्ठ अध्यक्ष निर्वाचित भएका हुन् । श्रेष्ठले ३६३ र नेपालले ३४९ मत पाएका थिए । २०७४ को स्थानीय निर्वाचनमा श्रेष्ठले जुगल गाउँपालिकाका अध्यक्ष र नेपालले लिशंखुपाखर गाउँपालिका अध्यक्ष जितेका थिए । दुई पूर्व जनप्रतिनिधि श्रेष्ठ र नेपालले एमाले सिन्धुपाल्चोकको १०औं जिल्ला अधिवेशनमा प्यानल बनाएरै चुनाव लडेका थिए ।

अरु पदाधिकारीमा भने नेपाल प्यानलका उम्मेदवारहरुले जिते । उपाध्यक्षमा विश्वमणि आचार्यलाई हराउँदै अर्जुन भण्डारीले जितेका छन् । भण्डारीले ३४५ र आचार्यले ३०७ मत पाए ।

सचिवमा कृष्णगोपाल तामाङले ४०३ मत ल्याएर जित्दा यज्ञराज सापकोटाले २७० मत मात्रै पाए । उपसचिवमा शिवहरि सापकोटाले ३३६ मत ल्याएर जित्दा विजयकृष्ण श्रेष्ठले ११३ मत पाएका छन् ।

अर्का उपसचिवमा भारी मतान्तरले सुशीला प्राख्रिन निर्वाचित भएका छन् । पाख्रिनले ४५६ मत ल्याएर उपसचिव जितदा शोभा कार्कीले २०८ मत पाइन् ।

उपाध्यक्ष, सचिव र दुवै उपसचिव कमल नेपालकै प्यानलबाट उम्मेदवार बनेका थिए । २०७८ मा पार्टी विभाजन हुँदा १० बुँदे सहमति गरेर एमालेमै बसेका कमल नेपाललाई पोालिटब्यूरो सदस्य अरुण नेपालले साथ दिएका थिए भने होमनारायण श्रेष्ठलाई सरेश नेपालको साथ थियो ।

जिल्ला नेताहरुका अनुसार, प्यानल बनाएर चुनाव हुँदा स्थायी कमिटी सदस्य शेरबहादुर तामाङले कुनै पनि समूहलाई साथ दिएनन् । अधिवेशनले १०१ सदस्यीय जिल्ला कमिटी निर्वाचित गरेको छ ।

 

प्रकाशित मिति : २०८० चैत्र २० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस