२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

काठमाडौं फोटोग्राफर संघकाे शुभकामना आदानप्रदान तथा भित्तेपात्रो विमोचन सम्पन्न

काठमाडौं । काठमाडौं फोटोग्राफर संघले आज काठमाडौंस्थित नयाँ बानेश्वरको अर्पण बैंक्वैटमा नयाँ वर्ष २०८१ सालको उपलक्ष्यमा फोटोग्राफरहरुको आपसी सम्बन्ध, सद्भाव प्रगाढ बनाउन शुभकामना आदानप्रदान, चियापान तथा भित्तेपात्रो विमोचन कार्यक्रम सम्पन्न गरेको छ ।

उक्त कार्यक्रममा निर्माता, निर्देशक, अभिनेता तथा हास्यकलाकार जितु नेपाल प्रमुख अतिथिको रुपमा उपस्थित थिए । काठमाडौं फोटोग्राफर संघका अध्यक्ष हरिप्रसाद घिमिरेको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन संघका सचिव रेशमराज पण्डितले गरेका थिए ।

कार्यक्रममा काठमाडौं तथा काठमाडौं बाहिर रहेका फोटोग्राफर संघको पनि उल्लेखनीय रुपमा सहभागिता रहेको थियो । संघका उपाध्यक्ष आदन्द प्रभाकर घिमिरेले कार्यक्रममा उपस्थित सम्पुर्ण फोटोग्राफर तथा दर्शकलाई स्वागत गरेका थिए ।

काठमाडौं फोटोग्राफर संघ विगत लामो समयदेखि फोटोग्राफी सम्बन्धि पेशाले चिनिँदै आएको छ । आज सम्पन्न भएको कार्यक्रम मार्फत अझै फोटोग्राफरबीचको आपसी सम्बन्धलाई थप मजबुत बनाउन र आगामी दिनमा पनि उत्कृष्ट कार्य गर्दै आफ्नो संघको निम्ति योगदान पुर्याउन र संघले गरेका हरेक गतिविधिहरुमा सम्पूर्ण फोटोग्राफर सदस्यहरुलाई सहयोग गर्न समेत अध्यक्ष हरिप्रसाद घिमिरेले अनुरोध गरेका थिए । साथै उनले नजिकिदै गरेको नयाँ वर्ष मार्फत सबैको सफलता भएको सुन्न आफू सदा आतुर रहेको बताए ।

कार्यक्रममा संघका सल्लाहकार तथा वरिष्ठ सिनेमेटोग्राफर मन्जु कुमार श्रेष्ठ तथा रत्नमा आसुले संघले गर्ने हरेक गतिविधिहरुमा निरन्तर साथ , सहयोग र सद्भाव व्यक्त गरिरहेको र आगामी दिनमा पनि सहयोग गरिरहने बाचा सहित शुभकामना दिएका थिए ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित भएका जितु नेपालले संघको नयाँ भित्तेपात्रो सार्वजनिक गरेका थिए । उनले संघको गतिविधिलाई विगत लामो समयदेखि नियाल्दै आएको र आफू संघको काम देखेर खुसी रहेको बताए ।

 

प्रकाशित मिति : २०८० चैत्र २० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस