२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

१५ वर्षदेखि ‘फरार’ माओवादी लडाकु कमाण्डर कालीबहादुर खाम पक्राउ

काठमाडौं । माओवादीका पूर्वकमाण्डर कालीबहादुर खाम पक्राउ परेका छन् । व्यापारी रामहरि श्रेष्ठको अपहरणपछि हत्याको आरोप लागेका उनलाई ठमेलबाट पक्राउ गरिएको हो ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी भूपेन्द्र खत्रीले खाम पक्राउ परेको बताए । उनी १५ वर्षदेखि प्रहरीको फरार सूचीमा थिए । खाम माओवादी केन्द्रको केन्द्रीय सदस्य तथा सुरक्षा विभागका उपप्रमुख हुन् । खामविरुद्ध चीनिया ब्यापारीसँग यार्सागुम्बा व्यापारको ५ करोड रुपैया लुटेको आरोपमा पनि प्रहरीले खोजिरहेको थियो ।

प्रकाशित मिति : २०८० चैत्र २० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस