२०८१ साउन ११ गते शुक्रवार | 2024 July 26th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

चितवन घुम्न आएकी भेरी नालामा खसेपछि मेयर रेनुलाई लेखिन् मर्मस्पर्शी पत्र

चितवन । छुट्टी मनाउने क्रममा पश्चिम तराई घुमेर चितवन आइपुगेकी कक्षा ४ पढ्ने एक बालिका नारायणगढको खुला नालीमा परेपछि उनले भरतपुर महानगरकी मेयर रेनु दाहाललाई मर्मस्पर्शी पत्र लेखेकी छन् । आफ्ना अभिभावकसहित पश्चिम तराई घुमेर घर ललितपुर फर्किने क्रममा केही दिनअघि नारायणगढको वैष्णव मिष्टान्न भण्डारमा खाजा खान ओर्लिएकी थिइन् ।

ती बालिका ललितपुरको मेरिज विद्यालयमा कक्षा ४ मा पढ्ने भेरी कुमार हुन् । उनले आफू छुट्टीपछि घुमेको खुसी र रमाइलोमा घर फर्किने मन नहुँदा नहुँदै पनि फर्किन लाग्दा भोकाएको बेला नारायणगढमा खाजा खान आतुर भएको बताएकी छिन् । ‘हामी दिउँसोको खाना खान वैष्णव मिष्टान्न भण्डारमा रोकियौँ । म भोकाएकोले खुसी थिएँ । तर एक्कासि म चिप्लिएँ । मलाई लागेको थियो भुईँमा चिप्लिएँ ।, उनका बुबा कमल कुमारले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको पत्रमा अंग्रेजीमा उनले लेखेकी छन्, ‘मेरो दुर्भाग्य ! यो त फोहोरको नाली थियो । म एकदमै डराएँ, आत्तिएँ । मेरो बाबाले तत्कालै तानेर निकाल्नुभयो । म यति आत्तिएँ कि रुन पनि सकिन ।’

उनले आफूलाई मन पर्ने चप्पलमध्ये एउटा नालीमै गुमाएको पनि बताएकी छन् । आफ्नो आधा शरीर नालीमा डुबेपछि दुई पटकसम्म धोएर पनि गन्ध नमेटिएको गुनासो समेत गरेकी छन् । अझ मर्मस्पर्शी कुरा त उनले भरतपुरकी नगरप्रमुख रेनु दाहाललाई नै आफू पनि कुनै बेला नालीमा पर्न सक्ने जोखिमबाट बच्न चाँडै नालीमा ढक्कन लगाउन र जसले यस्तो बनाएको हो उसलाई कारबाहीको माग समेत गरेकी छन् । नेपाल प्रेसबाट

भेरीले अंग्रेजी भाषामा लेखेको पत्रको नेपाली उल्थासहित जस्ताको तस्तै पढ्नुहोस्

गोदावरी ललितपुर

अप्रिल १, २०२४

आदरणीय म्याम

आशा गर्छु तपाईँले यो पत्र पाउनुहुनेछ । म मेरिज माध्यमिक विद्यालयमा कक्षा ४ मा पढ्ने विद्यार्थी हुँ । केही दिनअघि म नेपालको पश्चिम तराई क्षेत्रमा घुम्न गएको थिएँ । मेरो बिदा एकदमै राम्रो र रमाइलो पनि भयो । तर, म घर फर्किने क्रममा मलाई एकदमै ट्रमाटाइजिङि बनाउने एउटा घटना भयो ।

मैले बिदामा घुम्दाको समय एकदमै रमाइलो अनुभव गरेँ, त्यसैले पनि मलाई घर फर्किन मनै लागिरहेको थिएन । यही बिचमा हामी दिउँसोको खाना खान वैष्णव मिष्टान्न भण्डारमा रोकियौँ । म भोकाएकोले खुसी थिएँ । तर एक्कासि म चिप्लिएँ । मलाई लागेको थियो भुईँमा चिप्लिएँ ।

मेरो दुर्भाग्य ! यो त फोहोरको नाली थियो । म एकदमै डराएँ, आत्तिएँ । मेरो बाबाले तत्कालै तानेर निकाल्नुभयो । म यति आत्तिएँ कि रुन पनि सकिन । मैले नालीमै मेरो मन पर्ने चप्पल गुमाएँ । बाँकी रहेको एउटा मात्रै चप्पल भए पनि घर बोकेर ल्याएको छु । पछि थाहा पाएँ मेरो लुगा पनि अलिकति च्यातिएको रैछ । मेरो खुट्टामा पनि काटेको रैछ । मैले दुई पटकसम्म नुहाएँ । तर, पनि शरीरबाट नालीको गन्ध गएन ।

यो कतिको अत्त्याउने घटना थियो म अझ व्याख्या गर्न सक्दिन । म आफ्नो बिदामा यस्तो खुसी थिएँ, तर त्यो अत्यासलाग्दो घटनाले मेरो रमाइलो, खुसी सबै मबाट भगायो ।

अब म अनुरोध गर्न चाहन्छु कि छिटो भरतपुरको नालीहरूमा ढक्कन लगाउन आवश्यक काम गरिहाल्नुस् । म्याम कतै तपाईँ नै ती नालीहरूमा पर्ने जोखिम हुन सक्छ बच्नुहोला ।

कसैले पनि यस्तो दुःख, अप्ठ्यारो र अत्यासलाग्दो अनुभव गर्न चाहँदैनन् । म तपाईँले यस्तो खुला नाली राख्नेलाई कारबाही गर्नुभएको र सबै नाली ढाकिएको जानकारी कुरिरहेको छु ।

धन्यवाद सहित

भेरी कुमार

प्रकाशित मिति : २०८० चैत्र २० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस