२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

समाजवादलाई अघि बढाउन नेपाल उर्वर भूमि : प्रचण्ड

काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष एवं अध्यक्ष प्रचण्डले समाजवादलाई अघि बढाउन नेपाल उर्वर भूमि रहेको बताएका छन् । मंगलबार काठमाडौँमा समाजवादी मोर्चाले गरेको छलफल कार्यक्रममा बोल्दै प्रचण्डले हालको संविधानमा समाजवाद र पुँजीवादको समान विशेषता रहेको बताए ।

‘यो संविधान पूर्ण भनेर हामीले भनेका छैनौँ, यो सम्झौताकै दस्ताबेज हो । त्यहाँ थुप्रै पुँजीवादका विशेषताहरू पनि छन् । थुप्रै समाजवादका विशेषताहरू पनि छन् । समाजवादी धारा र प्रवृत्तिका पार्टीहरू मिलेर जाँदा देश समाजवादतर्फ अग्रसर हुँदै जान्छ’, उनले भने, ‘पुँजीवादी र प्रतिक्रियावादीहरुले जित्दै गए भने देशमा प्रतिगामी खतरा पनि हुँदै जाने सम्भावना छ । त्यस कारण हाम्रो जिम्मेवारी छ कि यो संविधानलाई बढी भन्दा बढी प्रगतिशील धारातर्फ अगाडि बढाउनका लागि हामीले आपसी एकतालाई सुदृढ गर्दै इतिहासका अनुभूतिबाट शिक्षा लिँदै अगाडि जान जरुरी छ ।’

उनले समाजवादको जन्म सडकबाट हुने बताउँदै जनता सडकमा हुने र पहिलो प्राथमिकता सडकले नै पाउनुपर्ने बताए । जनताबाट समाजवाद जन्मिने बताउँदै सडकबाट समाजवाद जन्माउनका लागि सबै तयार हुनुपर्नेमा जोड दिए । हरेक राजनीतिक दल सडक वा सरकारमा जहाँ रहे पनि सडकमा भएका जनताबाट समाजवाद ल्याउन अघि बढ्नुपर्ने उल्लेख गरे ।

प्रकाशित मिति : २०८० चैत्र २० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस