२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

बरोडामाथि नेपालको सहज जित

Nepal register consecutive win in India defeating Baroda

काठमाडौं, चैत २० । आइसिसी टी-२० विश्वकप २०२४ को तयारीका लागि भारतमा रहेको नेपाली क्रिकेट टिमले भारतको रणजी टिम बरोडालाई २७ रनले पराजित गरेको छ। नेपालले दिएको १५७ रनको लक्ष्य पछ्याएको बरोडा २० ओभरमा १२९ रनमा अलआउट भयो।

बरोडाका लागि भानु पनियाले सबैभन्दा बढी ३८ रन जोडे। कप्तान विष्णु सोलांकी २५ जोडे। त्यसअघि नेपालका करण केसीले पहिलो ओभरमै दुई विकेट लिँदा नेपालले बलिङमा राम्रो सुरुवात गर्‍यो। करणले ४ ओभरमा ३ विकेट लिँदा २४ रन खर्चिए।

त्यसअघि बरोडाले टस जितेर फिल्डिङ रोजेसँगै पहिले ब्याटिङ गरेको नेपालले ६ विकेटको क्षतिमा १५६ रन जोडेको हो। नेपालका लागि कुशल मल्लले नटआउट ४० रन जोडे। उनले २५ बलमा ३ चौका र २ छक्का प्रहार गरे। दीपेन्द्रसिंह ऐरीले नटआउट ५ रन बनाए।

त्यसअघि ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेख ९-९ रनमा आउट भए। अनिलकुमार साहले २५ रन जोड्ने क्रममा २७ बल खेलेर २ चौका र १ छक्का प्रहार गरे। कप्तान रोहित पौडेल १८ रनमा रनआउट हुँदा गुल्सन झाले १३ रन मात्र जोड्न सके। रनआउट हुनुअघि सन्दीप जोराले १६ बलमा समान २-२ चौका र छक्काको मद्दतमा २९ रन जोडे।

बलिङमा बरोडाका बाबा खानले २ विकेट लिए। उनले ४ ओभरमा २३ रन खर्चिए। यसअघि नेपालले गुजरातलाई ८ विकेटले पराजित गरेको थियो। गुजरातमा जारी सिरिजमा नेपालले गुजरात र बरोडासँग दुई दुई वटा टी-२० खेल खेल्नेछ।

एसएमएस फ्रेन्डसिप कप २०२४ नाम दिइएको प्रतियोगिताको शीर्ष दुई टिमबीच उपाधि भिडन्त हुनेछ। नेपाली टिम भारतमा तयारी गरेपछि उतैबाट एसिसी प्रिमियर कप खेल्नका लागि ओमान जाने कार्यक्रम छ। टी-२० विश्वकप आगामी जेठ दोस्रो सातादेखि अमेरिका र वेस्ट इन्डिजमा हुँदैछ।

प्रकाशित मिति : २०८० चैत्र २० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस