२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

समाजवादी पार्टीहरूको बिजोग हुन्छ : माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जनताबाट अलग भएपनि समाजवाद आउन नसक्ने र समाजवादी पार्टीहरुको पनि बिजोग हुने बताएका छन् । मंगलबार काठमाडौंमा समाजवादी मोर्चाले गरेको कार्यक्रममा बोल्दै उनले भ्रष्टाचार नरोक्ने, जनताका कुरा नसुन्ने हो भने समाजवाद आउन नसक्ने बताए ।

‘जनताबाट जब हामी अलग हुन्छौँ, अलग भइसकेपछि समाजवादको बेहाल हुन्छ । समाजवादी पार्टीहरूको बिजोग हुन्छ । विभिन्न देशहरूको अनुभवले बताएको छ,’ अध्यक्ष नेपालले भने, ‘धेरै टाढा जानै पर्दैन हाम्रो छिमेकी देश भारतको एउटा प्रान्त पश्चिम बंगाल । हिजो कसैले फर्केर हेर्न सक्दैनथ्यो त्यहाँ जितौँला भनेर । आज त्यहाँ कम्युनिस्ट पार्टी खोज्न टर्च बाल्नुपर्ने अवस्था रहेको छ । यो आत्मसमिक्षा गर्ने कुरा छ ।’

उनले समाजवादका ठुला ठुला कुरा गरेर नहुने बताउँदै जनताको पीडा, बेदनासँग जोडिएका छौँ कि छैनौँ भननेमा ध्यान दिनुपर्ने बताए । समाजको गरिबी, अभाव र पछौटेपनले नेताहरुलाई पोल्छ कि पोल्दैन ? भन्दै उनले प्रश्न गरे । अध्यक्ष नेपालले समाजवादी मोर्चाले सरकारले गरेको राम्रो कामलाई प्रशंसा गर्नुपर्ने र नराम्रो काम गरेको छ भने ध्यान दिनुस् भनेर पनि भन्नुपर्ने बताए ।

प्रकाशित मिति : २०८० चैत्र २० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस