२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

मृत भेटिएका दम्पतीको घटना नियाल्न पुगेका तालिम प्राप्त कुकुर र चिकित्सकले जे देखे !

पोखरा । पर्वतको जलजला गाउँपालिका–२ दहमा मृत फेला परेको एक दम्पतीको हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख डीएसपी खुमलाल भुसाल नेतृत्वमा खटिएको टोली उक्त दम्पतीको हत्या भएको प्रारम्भिक निष्कर्ष निकालेको हो । मंगलबार बिहान जलजला– २ दहमा ६९ वर्षीय सूर्यबहादुर घर्ती क्षेत्री र उनकी श्रीमती ६७ वर्षीय कमला घरभित्रै मृत फेला परेका थिए । उनीहरु मृत भेटिएको घरमा ताल्चा लगाइएको डीएसपी भुसालले बताए । ढोका फोरेर भित्र हेर्दा मृत भेटिएको उनले सुनाए ।

गण्डकी प्रदेश प्रहरी कार्यालयबाट डाक्टर र कुकुरसहितको विज्ञ टोली घटनास्थल पुगेको थियो । उक्त टोलीले अनुसन्धान सुरु गरिसकेको डीएसपी भुसालले जानकारी दिए । प्रारम्भिक रुपमा दम्पतीको हत्या गर्न काठ प्रयोग गरेको देखिएको उनले बताए । ‘टाउको र छातीमा चोट छ । मृतकको अवस्था हेर्दा काठ प्रयोग गरी हत्या भएको देखिन्छ’, उनले भने ।

उक्त दम्पती सोमबार पोखरामा जग्गा किन्न भन्दै सहकारीमा ऋण लिन गएको पाइएको जलजला( २ का वडाध्यक्ष प्रकाश घर्ती क्षेत्रीले बताए । उनीहरुको घरबाट गरगहनासमेत भेटिएको वडाध्यक्ष क्षेत्रीले सुनाए । घरमा ती दम्पतीमात्रै बस्दै आएका थिए । २ छोरा वैदेशिक रोजगारीका लागि कोरिया र अर्को छोरा म्याग्दीको बेनीबजारमा बस्दै आएका छन् ।

प्रकाशित मिति : २०८० चैत्र २० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस