२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

ज्येष्ठ नागरिक ज्ञान सीप र अनुभवको भण्डार र अर्ती–उपदेशका मूल स्रोत हुन् : मन्त्री चौधरी

काठमाडौं। महिला बालबालिका तथा जेस्ठ नागरिक मन्त्रि भगबती चौधरीले जेस्ठ नागरिक ज्येष्ठ नागरिक ज्ञान सीप र अनुभवको भण्डार र अर्ती–उपदेशका मूल स्रोत भएको बताउनु भएको छ। महिला बालबालिका तथा जेस्ठ नागरिक मन्त्रालयमा भारतीय जेष्ठ नागरिक मंचका पदाधिकारी हरु सँग कुरा गर्दै उंहाले भन्नु भयो जेष्ठ नागरिक को दाइत्व पहिले परिवार ले लिनु पर्छ अनि तेसपछी समाजले लिनु पर्छ अनि मात्र राज्यले लिनु पर्छ। यसको मतलब राज्यले दाइत्व नलिने भन्ने हैन। आफ्ना आमा-बुबाको जिम्मेवारी पहिले आफ्नो सन्तान ( छोरा-छोरीले) लिनु पर्छ भन्ने हो।

पछिल्लो समयम नेपालमा अधिकारको बहस गर्दा ज्येष्ठ नागरिकका अधिकारलाई पनि महत्वपूर्ण अधिकारको रूपमा बहस गर्न थालिएको छ । देशको जनसंख्याको ठूलो हिस्सा ज्येष्ठ नागरिक भएका कारण बहसले प्राथमिकता पाउनु स्वाभाविक पनि हो । सरकारले ज्येष्ठ नागरिकको लागि सामाजिक सुरक्षा भत्ता वितरण गर्ने, शिक्षा स्वास्थ्यमा सुविधा दिने, ज्येष्ठ नागरिकको जीवनलाई सुरक्षित र सम्मानित बनाउन ज्येष्ठ नागरिक नीति र कार्ययोजना निर्माण गर्ने, वृद्धा आश्रमहरू निर्माण गर्ने जस्ता काम गरेको बताउनु भयो।

२०५२ सालमा तत्कालिन प्रधानमन्त्री मनमोहन अधिकारीले रु १०० बाट सुरु गरेको बृद्धभत्ता अहिले चार हजार पुगेको स्मरण गराउंदै आगामी दिनमा यो अझ बढ्ने र अन्य के के थप सुबिधा दिन सकिन्छ आफुले अध्यन गरिरहेको भन्दै छिटै नयाँ नीति मार्फत छोरा छोरीले आफुले कमाएको मद्ये दस प्रतिसत अनिवार्य आफ्नो बुबा-आमाको निम्ति संचित गर्दिनु पर्ने नीति ल्याउन लागेको समेत जानकारी दिनुभयो।

देशका युवाशक्ति अध्ययन र रोजगारीका लागि विदेशिएका र घर-घरमा ज्येष्ठ नागरिकमात्र बाँकी रहेको उल्लेख गर्दै मन्त्री चौधरीले ज्येष्ठ नागरिकको अधिकारको संरक्षण, हित र कल्याणका लागि अब राज्यस्तरबाटै सोच्ने बेला भइसकेको बताउनु भयो। ज्येष्ठ नागरिकको संरक्षकत्व प्राप्त गरी बाजेबज्यैदेखि नातिनातिनासम्म सगोल परिवारमा रहने पूर्वीय दर्शनमा आधारित आदर्श परिवारको महत्व बुझ्न र बुझाउनु पर्ने बताउनु भयो। ज्येष्ठ नागरिकको जीवनलाई सम्मानित, मर्यादित र सुखमय बनाउन सबैमा आह्वान गर्नुभयो।

कार्यक्रम मा मन्त्रालयका उप-सचिव बिनोद कुमार दाहाल, भारतीय जेष्ठ नागरिक मंच का प्रेसिडेन्ट जे आर गुप्ता, राजिब कालुचा लगायत ५० भन्दा धेरै भारतीय जेष्ठ नागरिक हरुको सहभागिता रहेको थियो। उप्त कार्यक्रम मा बोल्दै भारतीय जेष्ठ नागरिक मंच का प्रेसिडेन्ट जे आर गुप्ताले नेपाल सरकारले जेष्ठ नागरिक प्रति लिएको नीति धेरै राम्रो भएको भन्दै खुलेर प्रसंसा गरेका थिए।

प्रकाशित मिति : २०८० चैत्र २१ गते बुधवार
प्रतिक्रिया दिनुहोस