२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

देश कस्तो अवस्थामा गुज्रिरएको छ भन्ने एउटा कारुणिक तस्विर

A sad picture of what the country is going through

काठमाडौं । यो एउटा कारुणिक तस्विर नेपाली सामाजिक सञ्जाल प्रयोगकर्ताले खुबै सेयर गरिरहेका छन् । क्याप्शनमा देश कस्तो अवस्थामा गुज्रिरएको छ भन्ने एउटा कारुणिक तस्विर भन्ने धेरैको छ । तस्विर हेर्दा मृत्युपछिको अन्तिम संस्कारमा जाने व्यक्ति दुई जना बाहेक कोही देखिन्न् ।

देश यसरी रित्तियो कि अब मलामी जाने व्यक्ति छैनन् भन्ने बुझाईमा यो तस्विर धेरै सेयर, पोष्ट र कमेण्ट भइरहेको छ । तस्विर कहाँको हो भन्ने खुलेको छैन । तर हेर्दा नेपालकै कुनै बस्तिको जस्तो देखिन्छ । तस्विरलाई स्वतन्त्र प्रमाणित गर्न सकिन्न । तर बास्तवमै नेपालमा सक्षम र योग्य व्यक्तिहरुले देश छोडिरहेको भने सत्य हो । पछिल्लो एक बर्षमा १५ लाख युवाले देश छोडेको तथ्याङ्क बाहिर आएको छ । यही क्रम जारी रहने हो भने, नेपालमा रोगी, बृद्ध मात्र बाँकी रहने अरु सबै विदेशीने भन्दै सर्वत्र चिन्ता व्यक्त हुन थालेको छ ।

 

प्रकाशित मिति : २०८० चैत्र २१ गते बुधवार
प्रतिक्रिया दिनुहोस