२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

श्रममन्त्री अर्याल र स्वीस राजदूत डा. डेनियल मेउली बिच भेटवार्ता

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्याल र नेपालका लागि स्वीजरल्याण्डका राजदूत डा. डेनियल मेउली बिच शिष्टचार भेटवार्ता भएको छ । बुधबार मन्त्रालयमा नै भएको शिष्टचार भेटमा विश्व बैंक नेपाल निर्देशक फारिस हदाद जवीस र फरेन कमनवेल्थ एण्ड डेभलपमेन्ट अफिस (एफसिडिओ) का प्रतिनिधिको पनि सहभागिता थियो । भेटमा नेपालका लागि स्वीस राजदूत डा. डेनियलले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत सञ्चालित रोजगार सेवा केन्द्र सुदृढीकरण कार्यक्रमको बारेमा चर्चा गरे । स्वीस सरकार, अन्तराष्ट्रिय श्रम संगठन (आईएलओ), एफसिडिओ तथा विश्व बैंकको सहकार्यमा सञ्चालित यो कार्यक्रम रोजगार सेवा केन्द्रका कर्मचारीहरुको क्षमता विकासमा केन्द्रित छ ।

त्यस्तै, विश्व बैकका नेपाल निर्देशक जवीसले विश्व बैकको सहयोगमा सञ्चालित ‘युवा रोजगारीका लागि रुपान्तरण पहल अयोजना’ (यति) को अवधि थप गर्न विश्व बैक इच्छुक रहेको बताए । आयोजना मार्फत नेपालको आन्तरिक रोजगारी प्रवद्र्वन, सिप विकासका कार्यक्रमहरु सञ्चालन, राष्ट्रिय रोजगार व्यवस्थापन सूचना प्रणालीको निर्माण, स्थानीय तहमा रहेका रोजगार सेवा केन्द्रमा कार्यरत कर्मचारीहरुको क्षमता विकास गरी एकीकृत श्रम रोजागर सेवालाई थप प्रभावकारी बनाउन विश्व बैंक प्रतिबद्ध रहेको बताए । त्यस्तै, नतिजामुखी कार्यको लागि वातावरण निर्माण गर्दै नेपालमा सुरक्षित, मर्यादित श्रम तथा उत्पादनशील र दिगो रोजगारी मार्फत नेपालको आन्तरिक रोजगारी प्रवद्र्वनमा सहयोग गर्ने बताए ।

भेटमा श्रममन्त्री अर्यालले आन्तरिक रोजगारीलाई प्रवद्र्वन गर्न विकास साझेदारहरुको महत्वपूर्ण भूमिका रहेको बताए । आगामी दिनमा नेपाल सरकारले न्यूनतम ज्यालामा आधारित रोजगारी सृजनामा मात्र सीमित नभई श्रम बजारको मागका आधारमा सीप विकासमा लगानी गर्ने बताए । सिपयुक्त जनशक्तिको निर्माण गरी सक्रिय श्रम बजारको स्थापना, स्वरोजगारी र उद्यमशिलतामा प्रवद्र्वन गर्दे राष्ट्रिय तथा अन्तराष्ट्रिय रोजगारीका अवसरहरु सृजना गर्ने वातावरण निर्माण गरिने प्रतिवद्वता व्यक्त गरे ।

२०२० जुन ३० गते देखि विश्व बैकको सहयोगमा मन्त्रालयले यति परियोजना सञ्चालन गर्दै आएको छ । यस परियोजनाले मार्फत विश्व बैंकले नेपालमा आन्तरिक रोजगारीको सृजना गर्ने, श्रमिकको सिप विकास गर्ने, श्रम बजारको नतिजामा सुधार तथा राष्ट्रिय रोजगार व्यवस्थापन सुचना प्रणाली (नेमिस) निर्माण गर्ने प्रतिवद्वता गरेको छ । आगामी जुन महिना यस परियोजनाको अवधि सकिदैछ ।

प्रकाशित मिति : २०८० चैत्र २१ गते बुधवार
प्रतिक्रिया दिनुहोस