२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

गृहमन्त्रीलाई बोल्न नदिनु कांग्रेसको अराजकता : महेश बर्तौला

२१ चैत, काठमाडौं । नेकपा (एमाले) ले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई संसदमा बोल्न नदिएर नेपाली कांग्रेसले अराजक व्यवहार देखाएको आरोप लगाएको छ । एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले गृहमन्त्री लामिछानेले सत्तापक्ष र सर्वसाधारणले आफूमाथि लगाएको आरोपको खण्डन कसरी गर्छन् भनेर सुन्न चाहे पनि कांग्रेसले नदिएर संसदमा अराजकता मच्चाएको टिप्पणी गरेका हुन् ।

बुधबार संघीय संसद भवन परिसरमा पत्रकारहरुसँग कुरा गर्दै उनले भने, ‘आज गृहमन्त्रीलाई बोल्छु भन्दा रोकेर एक प्रकारले भन्ने हो भने राजनीतिक असहिष्णुता र संसदीय अराजकता नेपाली कांग्रेसका तर्फबाट भएको छ । ‘सिंगो देशले गृहमन्त्रीमाथि लागेका प्रश्नको बारेमा सुन्न चाहन्छ । के उहाँहरुले रोकिरहने ? अनि हामी सत्तापक्षले कहाँ गएर सुन्ने हो ? हामी सत्ता पक्षले बोल्ने कहाँ गएर हो ? सरकारले कहाँ गएर बोल्ने हो ? त्यसकारण उहाँहरुले जे गर्नुभयो, त्यो बेठीक छ’, उनले अगाडि भने ।’

कांग्रेसले संसदलाई राजनीतिक प्रतिशोध र पूर्वाग्रहको बन्धक बनाएको प्रमुख सचेतक बर्तौलाले बताए । सरकारबाट हटेको एक महिना पनि पीडा सहन नसक्ने कांग्रेसको आजको चरित्रले वास्तवमा संसदीय अभ्यासमाथि, संसदीय मूल्यमान्यतामाथि क्षतविक्षत बनाएको छ’, उनले भने ।

प्रकाशित मिति : २०८० चैत्र २१ गते बुधवार
प्रतिक्रिया दिनुहोस